कंचनपुर, सप्तरी । कंचनरूप नगरपालिका द्वारा संचालित पालिकास्तरिय मेयर कप दोस्रो सिजनको खेलमा राजबिराज नगरपालिका फाइनलमा प्रवेश गरेकम छन ।
बिहीवार पहिलो सेमिफाइनलमा राजबिराजले तिलाठीलाई ६१ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ ।
राजबिराजले दिएको १ सय ६९ रनको लक्ष्य पछयाउने क्रममा तिलाठीले १७ ओभर ५ बलमा सबै बिकेट गुमाएर १ सय ८ रन मात्र बनाउन सकेका थिए ।
जसमा मोहम्मद गुडुले ३७ रन, धिरज पटेल २२ रन, राजेश रजक १५ रन, रमानन्द मुखिया ११ रन बनाएपनि जितका लागी प्राप्त भएन । यता बलिंंग तर्फ राजबिराजका सोहेल आलम ३ बिकेट, बिकास दास, नितेश यादब, अभिषेक कार्की, जितेन्द्र यादब, भिम यादब, बिजय यादबले १/१ बिकेट हात पारेका थिए ।
टस जितेर तिलाठी कोईलाडी गाउँपालिकाले राजबिराजलाई ब्याटिङ गर्न दिएपछि राजबिराजले ७ बिकेट गुमाएर १ सय ६९ रनको योगफल खडा गरेका थिए ।
जसमा विकास दासले सर्वाधिक ९० रन, मन्नु दास २२ रन, नितेश यादब अविजित १९ रन बनाएका थिए । यता बलिङ तर्फ तिलाठी का रमान्नद मुखिया ३ बिकेट, चेतन यादब २ बिकेट, उज्जवल झा र धिरज मण्डल १/१ बिकेट लिएका थिए ।
खेलको प्लेयर अफ दि म्याच विकास दास घोषित भएको आयोजक समितिका आकाश गुप्ताले जानकारी दिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |