राजबिराज । बिटौरी तथा ब्लक जग्गा सम्बन्धी मेरो कार्यकालमा कुनै निर्णय नभएको राजविराजका पूर्व मेयर शम्भु प्रसाद यादवल बताएका छन् ।
राजविराजमा बिहीवार पत्रकार सम्मेलन गर्दै केही राजनीतिक दलले आफ्नो बारे भ्रम सिर्जना गरि चरित्र हत्याको प्रयास गरेको उनले बताएका हुन् ।
बिटौरी जग्गाको विषयमा पीडितहरूको आन्दोलन पश्चात सर्वदलीय बैठकमा आफू मेयर हुँदा प्रक्रिया रोकेको प्रश्न उठाउन मेरो चरित्र हत्या र बदनाम गर्नै प्रचारबाजी मात्र रहेको पूर्व मेयर यादवले बताए । उनले भने बिटौरी तथा ब्लक जग्गा सम्बन्धी कुनै गलत निर्णय भएको प्रमाण भेटिए आफू राजनीतिकबाटै सन्यास लिने बताए ।
उनले भने आफ्नो कार्यकालमा बोर्ड बैठकबाट बिटौरी जग्गाधनीलाई लालपुर्जा नदिने कुनैपनि निर्णय नभएको दावी गर्दै भ्रममा नपर्न आग्रह गरेका छन् । पूर्व नगरप्रमुख यादवले विटौरी जग्गा समस्या सम्बन्धमा आफू पदमा हुँदै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर समेत लालपुर्जा वितरण गर्ने प्रयास गरेको बताए । उनले सङ्घीय सरकारले नचाहेकै कारण तत्कालीन समयमा पनि बिटौरी जग्गा समस्या हल हुन नसकोको बताए ।
बिटौरी जग्गाधनीले लालपुर्जा पाउनुपर्छ भन्ने पक्षमा आफू अहिले पनि अडिग रहेको बताउँदै उनले यसबारे हुने कुनैपनि दबाबमूलक कार्यक्रममा पूर्ण समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |