राजविराज । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर- ३ सकरपुरामा आइतबार राति ८ बजेतिर भएको आगलागीबाट ४ घर जलेर नष्ट भएका छन् ।
नथुनी यादवको गुहालीमा बालिएको घुरबाट सुरु भएको आगो सल्केर लखन मुखिया, गोकर्ण मुखियाको घर जल्दा अनुमानित १५ लाख बराबरको धनमाल नष्ट भएको छ ।
आगलागीमा नथुनीको दुई, लखनको एक र गोकर्णको एक गरी चारवटा घर जलेर नष्ट भएको स्थानीयले बताएका छन् । आगलागीमा परि यादवको एउटा खसी र एउटा बाख्रा समेत जलेर मरेको वडा अध्यक्ष रमेश मुखियाले जानकारी दिए ।
आगो राजविराजबाट गएको बारुणयन्त्र, सुरक्षाकर्मी र स्थानीय बासिन्दाको सहयोगमा नियन्त्रणमा लिएका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |