राजविराज । सप्तरी प्रहरीले बहुबिवाह गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा राजविराज नगरपालिका वडा नं.२ बस्ने शैलेश कुमार देव र सुनसरीको इटहरी नगरपालिका -५ मा संचालित ह्यापीलैण्ड चाइल्ड केयरका सञ्चालिका ममता कुमारी चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीका अनुसार देवको पहिलो श्रीमती प्रीति देवले आफ्ना श्रीमानले ममता कुमारी चौधरी संग दोस्रो विवाह गरेको जाहेरी दर्ता गराएपछि दुवै जानलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका दुवैजनालाई जिल्ला अदालत सप्तरी बाट सोमबार दोश्रो पटक पाँच दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
दुवै जना बिच विवाह भएको जाहेरी परेपछि प्रहरीले उनिहरुलाई यही चैत्र १९ गते सुनसरीको इटहरीस्थित चाइल्ड केयर सेन्टरबाट पक्राउ गरेको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |