राजविराज । सप्तरीको राजविराजमा मधेश प्रिमियर लिग (एमपीएल)को तेश्रो संस्करण मङ्गलबार देखी सुरु भएको छ ।
मधेश प्रिमियर लिग प्रालिको आयोजना तथा मधेश प्रदेश सरकारको सहयोगमा लिग प्रतियोगिताको उद्घाटन खेलमा छिन्नमस्ता रुपनी मधेश राइडर्सले कोशी दुहबी क्यापिटललाई ५६ रनले पराजित गर्दे वीजयी सुरुवात गरेको छ ।
पविमावि खेल मैदानमा सम्पन्न खेलमा छिन्नमस्ता रुपनी मधेश राइडर्सले दिएको १५५ रनको लक्ष्य पछ्याएको कोशी दुहबी क्यापिटलले १८ ओभरको खेलमा १३ ओभर ४ बलमा सबै बिकेट गुमाई ९८ रन मात्र बनाउन सक्यो ।
टस जितेर दुहबी क्यापिटलले मधेश राइडर्स लाई ब्याटिङ गर्न निम्त्याए पछि मधेश राइडर्सले निर्धारित १८ ओभरमा ६ बिकेट गुमाएर १ सय ५४ रनको योगफल खडा गरेका थिए । जसमा शंकर राणाले सर्वाधिक ६५ रन बनाएका थिए भने सन्तोष कार्कीले ३१ रन र रोेहन बिकले २२ रन जोडेको थिए । बलिङ तर्फ दुहबी क्यापिटलका कृष्ण कार्की र आकाश त्रिपाठीले ३/३ बिकेट लिएका थिए ।
यता मधेश प्रदेशका मुुख्यमन्त्री सतिश सिँहले सिल्ड अनावरन गर्दै ब्याटिंग र एमपीएलका अध्यक्ष ई. संजिव नारायण यादबले बलिंग गर्दै खेलका शुभराम्भ गरेका थिए ।
भोलीको पहिलो खेल सप्तरी बलान बिहुल सुपर किंग र छिन्मस्ता रूपनी मधेश राइडर्स तथा दोस्रो खेल कोशी दुहबी क्यापिटल र काठमाडौँ रोयल्स बिच हुने आयोजकले जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |