राजबिराज । राजबिराजमा संचालित मधेश प्रिमियर लिग क्रिकेट प्रतियोगितामा मिथिला वारियर्सले जनकपुर सनराईजलाई ४ बिकेटले पराजित गर्दै मिथिला फाइनलमा प्रवेश गरेको छ ।
बुधवार भएको पहिलो सेमिफाइनलमा जनकपुरले दिएको ८९ रनको लक्ष्य मिथिलाले ६ बिकेट गुमाएर फाइनलको यात्रा तय गरेको हो ।
टस जितेर जनकपुरले १७ ओभर ३ बलमा सबै बिकेट गुमाएर ८८ रनको योगफल खडा गरेका थिए । जसमा विशाल सुश्लिंगले सर्वाधिक ३४ रन, आरिफ शेख २५ रन बनाएका थिए ।
बलिंग तर्फ मिथिला वारिर्यसका शेर मल्ल ३ बिकेट, कुशल भुर्तेल र नन्दन यादबले समान २/२ बिकेट, र वसन्त खत्रीले १ बिकेट लिएका थिए ।
जवाफमा मिथिला वारियर्सले १५ ओभर ३ बलमा ६ बिकेट गुमाएर जित हात पार्दै फाइनलमा प्रवेश गरेका छन ।
टिमलाई फाइनलमा प्रवेश गराउन राष्ट्रिय खेलाडी कुशल भुर्तेलले सर्वाधिक २७ रन अर्का राष्ट्रिय खेलाडी दिपेन्द्र सिँह ऐरीले अविजित १९ रन बनाए पछि जित सहज भएको हो । यसैगरी टिमका लागि बसिर अहमदले १४ रन बनाएका थिए ।
बलिंंग तर्फ बिपिन खत्री र फतेह सिद्विकीले समान २/२ बिकेट र तुल बहादुर मगरले १ बिकेट लिएका थिए । खेलको प्लेयर अफ दि म्याच राष्ट्रिय खेलाडी कुशल भुर्तेललाई जसपा नेता दिनेश यादब, राजबिराज वडा २ का वडा अध्यक्ष अरुण यादब र युवा नेता लक्ष्मण यादबले संयुक्त रूपमा कप, ५ हजार १ सय को चेक हस्तान्तरण गरेका थिए ।
आजै हुने दोस्रो बलान र काठमान्डौ बिचको सेमिफाइनल खेलबाट एउटा टिम फाइनलमा प्रवेष गर्ने छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |