राजबिराज । राजबिराज नगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष रामएकवाल यादबले आफू माथि लगाएको आरोप निराधार रहेको दाबी गरेको छ । अध्यक्ष यादबले वडाको बिकासिय कार्य तथा सेवाप्रभामा अनियमितता गरेको प्रमाण दिएमा कार्यवाही भोग्न तयार छु ।
२०८१ चैत १६ गते शनिवार राजबिराज वडा १६ बोरियाका स्थानीयवासीहरूको अगुवाईमा वडा स्तरीय योजना तथा कार्यक्रम सम्बन्धी विरोध सभामा स्थानीय रामलखन यादब सहित स्थानीयवासीहरूले लगाएको आरोपको खण्डन गर्दै सो कुरा बताएको हो ।
वडा अध्यक्ष यादबले भने तिर्थ भ्रमण गर्न आफू भारतमा रहेको समयमा स्थानियहरूले आफू माथि लगाएको आरोपहरू निराधार रहेको र अनियमिता गरेको प्रमाण दिएमा जस्तो सुकै कार्यवाही भोग्न तयार रहेको बताए । वडा अध्यक्ष यादबले वडा स्तरीय योजना तथा कार्यक्रम सम्बन्धमा एकलौटी ढङ्गले नगरेको बताउँदै वडावाट हुने बिकासिय कार्यको लागि सुचनाको आधारमा भेला गरेर सबैको सहयोग र सहकार्य, सहमतिको आधारमा उपभोक्ता समिति बनाउने गरेको बताए ।
राजबिराज नगरपालिकाले तोकेको शुल्क बाहेक अन्य कुनै अनावश्यक सिफारिस शुल्क नलिएको र लिएको भए प्रमाण पेश गर्न स्थानियहरूलाई आग्रह गरे । उनले भने बिना सत्य तथ्य, बिना प्रमाण, राजनीतिक प्रतिसोधको लागि कसैको चरित्रहत्या गर्न कार्य गर्नु कानुनी अपराध हो, वडाको आवश्यकता तथा खानेपानीको अभाव र माँग हुन आएको विभिन्न बस्ती र टोलमा ५५ थान खानेपानी ट्युबेल बितरण गरेको छु, कुनै अनियमितता तथा भेदभाव नगरेको वडा अध्यक्ष रामएकवाल यादब बताए ।
उनले भने खानेपानी ट्युबेल जडान सम्बन्धमा अख्तियार अनुसन्धान कार्यालय इटहरीमा परेको निवेदनको आधारमा टोलीले समेत स्थल निरीक्षण भई जडान भएको ठिक छ भनी मुचुल्का समेत भइसकेको बताए । यसैगरी रामजानकी मन्दिरको जग्गा ब्यक्तीनाम भएको सम्बन्धमा कुनै जानकारी वा संगलन्ता नरहेको अध्यक्ष यादबको दाबी छ ।
बखो जाती (अल्पसंख्यक) सँग वडा वाट दिने सिफारिसमा ३ हजार देखि ४ हजार सम्म शुल्क लिने गरेको आरोप प्रति खण्डन गर्दै यादबले भने त्यस्ता शुल्क लिएको रसिद पेश गर्न दाबी गरे । यता किसानहरूको लागि मलखाद बितरण कार्य सहकारी मार्फत सहज रूपमा दिने गरेको बताउँदै भने अनियमितता गरेको प्रमाण दिएमा कार्यवाही भाग्न तयार रहेको दाबी गरे ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |