राजविराज । सप्तरीमा भएको बस दुर्घटनामा तिन जनाको मृत्यु भएको छ भने दुई दर्जन भन्दा बढी घाइते भएका छन् ।
कंचनरुप नगरपालिका- १० बदगामा स्थित पूर्व पश्चिम राजमार्गमा उदयपुर बाट विराटनगर तर्फ जाँदै गरेको प्र. १-०१-००१ ख ३४२० नं. को यात्रु बाहक बस आफै अनियन्त्रित भई पल्टिएर आइतबार दुर्घटना भएको ।
दुर्घटनामा दुई जनाको घटनास्थलमै तथा एक जना गम्भीर घाइते भएका ७५ वर्षका वृद्धकी उपचारको क्रममा उपचारका क्रममा विराटनगरमा मृत्यु भएको हो । मृतक तीनै जनाको सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरूको स्थानीय अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
मृतक तीनै जनाको सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय कंचनपुरका डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए । दुर्घटनामा दुई दर्जन भन्दा बढी घाइते भएका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |