राजबिराज । क्रिकेट विकास प्रतिष्ठान द्वारा अन्तर जिल्ला कल्ब स्तरीय टि ट्वान्टी क्रिकेट प्रतियोगिताको आयोजना गरिएको छ ।
आइतबार राजबिराज स्थित पबिमाबि खेलमैदानमा एक कार्यक्रम बिच बलान गाउपालिका अध्यक्ष खेमचन्द्र यादब र राजबिराज नगरपालिका वडा ६ का अध्यक्ष शशी चौधरीले ब्याटिंग र बलिंग गर्दै उद्घाटन गरेका थिए ।
युथ क्रिकेट एकेडेमी र रूपनी राईडर्स बिच भएको उद्घाटन खेलमा युथ एकेडेमीले रूपनी राइडर्सलाई ६ बिकेट पराजित गर्दै जित हात पारेको छ । टस जितेर रूपनी राइडर्सले १७ ओभर ६ बलमा सबै बिकेट गुमाएर १ सय ७ रनको योगफल खडा गरेका थिए । जसमा शिव अधिकारीले ४६ रन तथा गुणानन्द राय १० रन बनाएका थिए।
बलिंग तर्फ युथ एकेडेमीका गोमान्नद अमात्य ३ बिकेट, भिम कुमार यादब, सन्तु मण्डल, अभिषेक कार्की २/२ बिकेट र सन्दिप यादब १ बिकेट लिएका थिए । जवाफमा १ सय ८ रनको लक्ष्य लिएका युथ क्रिकेट एकेडेमीले १६ ओभर १ बलमा ४ बिकेट गुमाएर जित हात पारेका थिए । जसमा भिम यादब ३१ रन र अभिषेक कार्की २३ रन बनाउदै अविजित खेलपछि जित सहज भएको हो । यसैगरी अर्का ब्याटर बिकास दास १९ रन, निरज यादब १७ रन बनाएका थिए ।
बलिंग तर्फ रूपनीका बिष्णु मण्डल २ तथा गुणानन्द राय र अशोक मेहताले १/१ बिकेट लिएका थिए । खेलको प्लेयर अफ दि म्याच अभिषेक कार्की घोषित भएको छ ।
क्रिकेट विकास प्रतिष्ठानका अध्यक्ष ई. ईन्द्र नारायण देवको अध्यक्षतामा आयोजित उद्घाटन सत्रमा राजबिराज नगरपालिका वडा १६ का अध्यक्ष रामएकवाल यादब, सप्तरी क्रिकेट सँघका सचिव चन्दनकुमार यादब, अन्तराष्ट्रिय क्रिकेटर दिपेन्द्र चौधरी, क्रिकेट विकास प्रतिष्ठानका बरिष्ठ उपाध्यक्ष गणेश आश लगायतले क्रिकेट विकासका लागि सबैले आ आफ्नो स्तरबाट सहयोग गर्नु पर्नेमा जोड दिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |