राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपाल सप्तरी द्धारा आयोजना गरिएको होली पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन भएको छ ।
राजविराजमा शनिबार आयोजित सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा वन तथा वातावरण मन्त्री नवलकिशोर साहले देशकै पुरानो राजविराज नगरपालिकालाई हरित शहरको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा बोल्दै मन्त्री साहले राजविराज नगरपालिकालाई दुषित शहरको रुपमा हेर्ने दृष्टिकोणबाट मुक्त गर्न सबैको सहयोग आवश्यक हुने बताए । उनले राजविराज नगरपालिकालाई हरित शहरको रुपमा विकास गर्न विस्तारित परियोजना प्रस्ताव बनाएर पेश गर्न आग्रह गरे ।
जसपाका केन्द्रिय कार्यकारिणी समिति सदस्य एवम् पुर्व मन्त्री मृगेन्द्र कुमार सिंह यादवले सबैखाले रिस, राग तथा आन्तरिक समस्यालाई होली पर्वले अन्त्य गर्ने विश्वास व्यक्त गरे । उनले होलीले सबैमा खुशी, शान्ति र सुख कायम गरोस् भन्दै शुभकामना व्यक्त गरे ।
जसपा सप्तरीका अध्यक्ष केदार प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा जसपा राजनीतिक समिति सदस्य अमर मण्डल, केन्द्रिय सल्लाहकार समितिका अध्यक्ष सुमन चौधरी, केन्द्रिय सदस्य विकास कुमार तिवारी, रमिला देवी साह, प्रेस मञ्च नेपालका महासचिव अबधेश कुमार झा पार्टीका केन्द्रीय सदस्य रामेश्वर मण्डल, गिता यादव, सल्लाहकार समिति सदस्य राधेश्याम पण्डित, प्रदेश सदस्य छेदी यादव, सावित्री पण्डित, समाजवादी विद्यार्थी युनियन सप्तरीका अध्यक्ष संजय कुमार यादव, जिल्ला सदस्य लाल बहादुर महतोलगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
जसपा सप्तरीका सचिव हरेराम यादवद्वारा संचालित कार्यक्रममा स्वागत प्रेस मञ्च नेपालका केन्द्रिय सदस्य बृजमान तामाङले गरे । कार्यक्रममा नव नियुक्त वन तथा वातावरण मन्त्री साहलाई खादा लगाएर सम्मान गरिएको थियोे ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |