राजबिराज । जिल्ला बिपद ब्यबस्थापन समिति सप्तरीले आगलागी सम्बन्धी राजबिराज नगरपालिकामा कृतिम अभ्यास गरिएको छ ।
बुधवार सप्तरीकाे राजबिराज स्थित राजरंगशाला मैदानमा बिपद प्रतिकार्य पुर्व तयारी अभ्यास गरिएकाे हाे ।
उक्त अवसरमा राजबिराज नगरपालिका कावा नगर प्रमुख ईसरत परविनले बिपत प्रतिकार्य क्षमता लागि सबै गम्भीर हुनुपर्नेमा जाेड ।
कृतिम अभ्यासमा बरख गणपति रमेश पाण्डेले आगलागी जाेखिम वाट बच्नका लागि बिपत पुर्व तयारी र समुदायकाे क्षमता बिकासमा बृद्वि गर्नुपर्नेमा जाेड दिए ।
उनले भने बिपत जाेखिम न्युनिकरण रणनिति कार्य याेजना, समुदाय खाेज तथा उद्वार, जाेखिम न्युनिकरण तथा बिपत प्रतिकार्य क्षमता लागि सबै गम्भीर हुनुपर्नेमा बताए ।
बिपद जाेखिम न्युनिकरणका लागि नेपाली सेना, सशस्त्र र नेपाली प्रहरी गरी तीन वटै सुरक्षा निकाय, नेपाल रेडक्रस, राजबिराज नगरपालिकाका एम्बुलेन्स, हनुमाननगर कंकालनी नगरपालिकाका बारूणयन्त्र लगायतका सहभागितामा प्रतिकार्य पुर्व तयारी
गरिएकाे हाे ।
बिपद ब्यबस्थापन समिति सप्तरीकाे आयाेजनामा गरिएकाे प्रतिकार्य अभ्यासमा कृतिम आँपगाछी बस्तीमा लगाईएकाे अागाे
नियन्त्रणमा लिईएकाे थियाे ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |