राजबिराज । महादेवा गाउपालिका उपाध्यक्ष अर्चना यादबले महिला हिंसा न्यूनिकरण गर्न महिलाहरू एकजुट हुनुपर्नेमा जोड दिइन ।
मंगलबार महादेवा गाउँपालिकाको सहयोगमा तथा मानव अधिकार प्रवर्द्धन छिन्नमस्ता १ बरहीबिरपुर द्वारा आयोजित महिला हिंसा बिरूद्व जनचेतनामूलक ५ दिने सम्बन्धी तालिम सो कुरा बताइन ।
उपाध्यक्ष यादबले महिला बिरूद्वको हिंसा राज्य, परिवार, समुदायबाट हुने गरेकोले यस्ता हिंसा न्यूनिकरण सबै एकजुट हुनुपर्नेमा जोड दिइन ।
उनले भने समुदायमा छोरा छोरीमा भेदभाव नगरी सम्मान व्यवहार गर्नुको साथै छोराछोरीलाई नियमित बिधालय पठाउनुपर्नेमा जोड दिइन ।
समाजमा हुने हिंसाका घटनाहरू रोक्नका लागि समुदायका अगुवाहरू एकजुट भई त्यस्ता घटनालाई निरूत्साहित गर्नुपर्नेमा जोड दिइन ।
साक्षरता दर बढाउन, नियमिति छोरीलाई बिधालय पठाउनु पर्ने बताउँदै पालिकालाई साक्षरतादर बढाउन योजना ल्याउने बताइनँ, कार्यक्रममा महादेवा गाउपालिका वडा १ का अध्यक्ष जय किशोर दास, मानव अधिकार प्रवर्द्धनका अध्यक्ष हुलसित यादब, पत्रकार चन्दन यादब, प्रशिक्षक कंचन यादब, त्रिकोलन यादब लगायतको उपस्थिति रहेको थियो । ५ दिन सम्म चल्ने उक्त तालिममा ४२ जना महिलाहरूको सहभागिता रहेको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |