राजविराज । सप्तरी सदरमुकाम राजविराज छेउमै रहेको चिम्टीमा हिजो दिउँसो २ बजे भीषण आगलागी भयो, तर अहिले अग्निीपीडितलाई सरोकारवाला निकायले खाना र बस्ने ब्यवस्था मिलाउन सकेको छैन ।
आगो निभाउन स्थानीय बासिन्दा र नेपाल प्रहरी तथा दमकल खटिए पनि, नियन्त्रणमा आउन सकेन, ४ घण्टापछि एपीएफ र आर्मी परिचालन गरियो, जबकी सुरुमै गर्न सक्थ्यो ।
पूर्णरुपमा आज दोश्रो दिन पनि आगो निभाउने जारी छ । अहिलेसम्म घर डढेको संख्या र परिवार सङ्ख्याको लगत संकलन पूरा भएको छैन, जस कारण राहत वितरण हुन सकेको छैन ।
गए राति वडाले दिएको चुरा खाएर खुला आकासमुनि अग्निपीडित रात बिताए । सप्तरीको महादेवा गाउँपालिका-१ चिमटीका अग्निपीडितहरूको बिजोग भएको छ । मंगलबार दिउँसो आगो लागेर यहाँका ६२ परिवारको एक सय २० घरगोठ जलेर नष्ट भएको अहिलेसम्मको तथ्यांक छ । अझै पूर्ण रुपमा आगो निभेको छैन । एउटा बारुणयन्त्रले आगो निभाइरहेको छ ।
गएराति भुजा खाएर बसेका अग्निीपीडितहरू चर्को घाममा बस्न बाध्य छन् । घाम सहन सक्ने अवस्था नरहेको स्थानीयहरू बताउँछन् । वडा अध्यक्ष जयकिसोर दासले भने अग्निपीडितलाई खाना, बस्ने सुविधा नभएकोले पीडितलाई पीडा माथि पीडा थपिदै गएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |