राजविराज । सप्तरीको महदेवा गाउँपालिका- १ स्थित चिम्टीका अग्निपीडित परिवारलाई राहत वितरण गरिएको छ । मगलबार अपरान्ह भएको भिषण आगलागीमा ६२ परिवारका १ सय १४ घर जलेर खरानी भएको हो ।
बुधबार दिउँसाे अग्निपीडित परिवारहरूलाई जनता समाजवादी पार्टी (जसपाा) नेपालको केन्द्रिय अध्यक्ष माननीय उपेन्द्र यादवको पत्नी पार्वती यादव नेतृत्वमा जसपा नेपाल सप्तरीले उनीहरुलाई प्रति परिवार चामल ४० केजी, दाल २ केजी, खाने तेल २ केजी, आलु २ केजी, नुन २ केजी, छाता २ थान, मसला २ प्याकेट, मिनरल वाटर -५ बोतल गरी ६२ परिवारलाइ राहत सामग्री वितरण गरिएको छ ।
राहत बितरण कार्यक्रममा जसपा नेपालको केन्द्रिय सदस्य अशोक कुमार यादव, मधेस प्रदेशको पुर्ब उपसभामुख उपमा देब, जसपा मधेस प्रदेश कार्यकारिणी सदस्य दिनेश कुमार यादव, प्रदेश सदस्य किशोर कुमार यादव , जिल्ला अध्यक्ष केदार प्रसाद यादव , जिल्ला उपसचिव शम्भु कुमार यादव ,राजबिराज नगरपालिकाको कावा मेयर इसरत परविन, राजबिराज नपा वडा -२ को अध्यक्ष अरुण कुमार यादव , वडा -३ को अध्यक्ष दिनेश कुमार साह कसेरा, महदेवा गापाको पुर्ब गापा अध्यक्ष दिपक कुमार यादव (टु टु बाबू), जसपा जिल्ला कार्यकारिणी सदस्य लक्ष्मण यादव , समाजवादी महिला संघ सप्तरीको अध्यक्ष रमिला साह, युवा अध्यक्ष केदार यादव , जसपा महदेवा गापाको अध्यक्ष अशोक कुमार यादव लगायत जसपा नेताकार्यकर्ताको उपस्थिती रहेको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |