राजविराज । नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनको वन्द शत्रमा आफना महासचिव अवधेशकुमार झामाथि दुर्ब्यवहार भएको भन्दै प्रेस मञ्च नेपालका केन्द्रिय अध्यक्ष कमन देवानले एक प्रेस विज्ञप्ति जारी गर्दै निन्दा र भर्त्सना गरेको छ ।
‘कार्यक्रमको बन्दशत्रमा महासंघका पूर्व केन्द्रीय कार्य समिति सदस्य र केन्द्रीय पार्षद्का रूपमा सहभागी यस प्रेस मञ्च नेपालका महासचिव अवधेश झामाथि भएको दुव्यवहारप्रति प्रेस मञ्च नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । आफ्ना विषय राख्न समय माग गर्दै सम्मानित बन्दशत्रको हलमा शिष्टाचारपूर्वक उभिँदा समेत बेवास्ता गर्ने र अध्यक्ष मण्डलको हवला दिँदै निरंकुश शैलीमा ‘एक मिनेटमा विषयवस्तु राख्नु होला’ भन्ने जस्ता हेपाहा र अमर्यादित आदेश गर्ने महासंघको ठालु प्रवृत्तिको हामी घोर निन्दा र भर्त्सना गर्दछौँ, विज्ञप्तिमा भनिएको छ । ’
महासंघले प्रेस मञ्च नेपाल र प्रेस मञ्च नेपालका प्रतिनिधिहरुप्रति गरेको दुव्र्यवहार समग्रमा नेपालमा भइरहेको जातीय, नश्लीय, लैङ्गिक र क्षेत्रीय विभेदकै निरन्तरता भएको मञ्चका ठहर छ । ‘आवाजविहीनहरुको आवाज बन्नु पर्ने पत्रकारिता र पत्रकारका साझा र छाता संगठनले यस किसिमको रवैया प्रस्तुत गरिनुबाट ‘कतै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको वकालत गरेर नथाक्ने संगठनबाटै उत्पीडित र दमितका आवाजहरु बन्द गर्ने काम त भइरहेको छैन रु’ भन्दै विज्ञप्तिमा प्रश्न उठाईएको छ ।
विज्ञप्तिमा नेपाल पत्रकार महासंघलाई विभेदकारी कार्यशैली सुधार गर्न र आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम, महिला, अल्पसंख्यक र पिछडिएको क्षेत्रका सवालहरुलाई समेत सुन्न र महत्व दिन ध्यानाकर्षण गराईएको छ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |