राजविराज । सप्तरीसहित विभिन्न स्थानमा आज जानकी नवमी मनाइँदै छ ।आदर्श नारी सीताको जन्म मिथिलामा भएको धार्मिक विश्वासमा मिथिलामा यस दिनलाई धुमधामका साथ जानकी नवमी पर्वका रूपमा मनाइन्छ ।
राजविराजमा जानकी नवमीको अवसरमा प्रभात फेरी तथा झाँकी प्रदर्शन गरिएको छ । मैथिली साहित्य परिषद सप्तरी र मैथिल महिला परिषदको संयुक्त आयोजनामा प्रभात फेरी तथा झाँक्री प्रदर्शन गरिएको हो । राजविराज स्थित पविमाबि प्रागंन बाट बाजागाजासहित निकालिएको प्रभात फेरी तथा झाँकी राजविराज नगरपालिकाको विभिन्न भाग परिक्रमा गरेका थिए ।
उक्त अवसरमा राजविराज नगरपालिकाकी कार्यवाहक मेयर इसरत परविन, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विध्यनन्द चौधरी, प्रमुख जिल्ला अधिकारी किरण थापा, सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गजुसिध्दि बज्राचार्यलगायतका विभिन्न सुरक्षा निकायका प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, विभिन्न पालिकाका प्रमुख – उपप्रमुख लगायतका जनप्रतिनिधिहरू, सामाजिक संस्थाका प्रतिनिधि, मैथिली अभियन्ताहरूको सहभागिता रहेको थियो ।
मधेस सरकारले जानकी नवमीको अवसरमा प्रदेशमा सार्वजनिक बिदा समेत दिएको हो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |