राजबिराज । राजबिराजमा संचालित सप्तरी प्रिमियर लिग छैठाे सिजन मेयर कपकाे तेस्राे दिनकाे खेलमा छिन्मस्ता लायन्स र कंचनरूप राईनाेज बिजयी भएकाे छ ।
अाईतवार छिन्मस्ता लायन्स र राजबिराज राजदेबी ११ बिच भएकाे पहिलाे खेलमा राजबिराज राजदेबीलाई ६ बिकेटले पराजित गर्दै छिन्मस्ता लायन्स बिजयी भएकाे हाे ।
त्यसैगरी दाेस्राे खेलमा कंचनरूपले बलानलाई २० रनले पराजित गर्दै बिजयी सुरूवात गरेकाे छ । पहिलाे खेलमा राजदेबीले दिएकाे ६८ झिनाे लक्ष्य पछयाउने क्रममा छिन्मस्ता लायन्सले ६ बिकेट गुमाएर बिजयी भएका छन ।
टस जितेर राजबिराजले १६ अाेभर ३ बलमा १० बिकेट गुमाएर ६८ रन मात्र बनाउन सकेका थिए ।
जसमा बिजय यादब १६ रन, दिलिप नाथ १४ र श्रवण यादबले १० जाेडेका थिए ।
बलिंग तर्फ छिन्मस्ताका गुणान्नद राय ३ बिकेट र विशाल पटेल, भिम सार्की, माेहम्मद साेहिलले समान्य २/२ बिकेट लिएका थिए ।
प्रतिउतरमा छिन्मस्ता लायन्सले ९ अाेभर ५ बलमा ४ बिकेट गुमाएर बिजयी भएका थिए ।
जसमा उत्कृष्ट ब्याटिंग गर्दै मयन यादबले ४२ रन बनाउदै अबिजित खेलेका थिए भने सुमित नेवारले ११ रन जाेडेका थिए ।
बलिंग तर्फ राजबिराजका रिजन ढकाल २ बिकेट तथा श्रवण यादब र जितेन्द्र यादबले १/१ बिकेट लिएका थिए ।
खेलकाे प्लेयर अफ म्याच गुणान्नद राय घाेषित भएका थिए भने गेम चेन्जर विशाल पटेल भएका थिए ।
उक्त अवसरमा सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापाले प्लेयर अफ दि म्याचलाई र गेम चेन्जरलाई सप्तरी क्रिकेट सँघका सचिव चन्दनकुमार यादबले कप सहित प्लेयर अफ दि म्याचलाई पुरस्कार ३ हजार र गेम चेन्जरलाई १५ सय नगदवाट पुरस्कार बितरण गरेका थिए ।
यसैगरी साेही अवसरमा सप्तरीवाट सरूवा भएर जाने प्रमुख जिल्ला अधिकारी किरण थापालाई सप्तरी क्रिकेट सँघका उपाध्यक्ष निरज सिँह, सचिव चन्दनकुमार यादब, प्रतियाेगिता संयाेजक राेशन मण्डलले गमछा र मायाकाे चिनाेवाट सम्मान गरेका थिए ।
अाजै कंचनरूप राईनाेज र बलानबिहुल सुपर किंग बिच भएकाे दाेस्राे खेलमा कंचनरूप राईनाेजले बलानलाई २० रनले पराजित गर्दै बिजयी भएकाे हाे ।
दाेस्राे खेलमा कंचनरूपले दिएकाे १ सय ५३ रनकाे लक्ष्य पछयाउने क्रममा बलानले २० अाेभरमा ९ बिकेट गुमाएर १ सय ३२ रन मात्र बनाउन सकेका थिए ।
टस जितेर कंचनरूपले २० अाेभरमा ६ बिकेट गुमाएर १ सय ५३ रनकाे याेगफल खडा गरेका थिए ।
जसमा राशिद खानले ३९ रन बनाउदै अबिजित खेलका थिए, अर्का ब्याटर राहुल मण्डल ३७ रन, राकेश कामैत २९ रन, महान्नद यादबले १९ रन बनाउदै अविजित रहे ।
बलिंग तर्फ बलानका सन्ताेष कार्कीले ५ बिकेट र सहाव अालमले १ बिकेट हात पारे ।
प्रतिउतरमा बलानले २० अाेभरमा ९ बिकेट गुमाएर १ सय ३२ रन मात्र बनाउन सकेका थिए ।
जसमा बबु गाेहित्याले ५८ रनले उत्कृष्ट ब्याटिंग गरेपनि जितकाे लागि प्रयाप्त हुन सकेन, यसैगरी सन्ताेष कार्किले १२ रन बनाएका थिए ।
बलिंग तर्फ कंचनरूपका दिनेश अधिकारी ४ बिकेट, राहुल मण्डल ३ बिकेट तथा चित्रबहादुर बिष्ट र अरनिकाे प्रसाद यादबले १/१ बिकेट लिएका थिए ।
खेलकाे प्लेयर अफ दि म्याच राहुल मण्डल र गेम चेन्जर दिनेश अधिकारी घाेषित भएका थिए ।
पुरस्कृत दुबै खेलाडीलाई राजबिराज नगरपालिका ५ का वडा अध्यक्ष बन्धुलाल दास र ईन्सेक प्रतिनिधि तथा संचारकर्मि मनाेहर पाेखरेलले कप सहित ३ हजार र १ हजार ५ सय नगद प्रदान गरेका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |