राजविराज । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले विश्वासको मत पाएका छन् । शनिबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री सिंहले विश्वासको मत पाएका हुन् ।
सिंहले मागेको विश्वासको पक्षमा ६७ सांसदले समर्थन दिएका छन् भने विपक्षमा ३४ जना सांसदले मतदान गरेका छन् । शनिबारको बैठकमा १०१ सांसद उपस्थित थिए । मुख्यमन्त्री सिंहलाई नेकपा एमाले, नेपाली कांग्रेससहित उनको दल जनमत, लोसपा, नागरिक उन्मुक्ति पार्टीका सांसदले विश्वासको मत दिए ।
मुख्यमन्त्री सिंहले यसअघि नेकपा एस, नेकपा माओवादी केन्द्र, नेपाल संघीय समाजवादी पार्टीबाट मन्त्री बनेकालाई बर्खास्त गरेका थिए । अब कांग्रेस र लोसपाबाट मन्त्री बनाउने तयारी मुख्यमन्त्री सिंहले गर्नेछन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |