राजविराज । सप्तरीको राजविराजस्थित कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको निक्षेप रकम अपचलन गरेको आरोपमा प्रहरीले सहकारीका सचिव सिद्धार्थ तातेड लाई पक्राउ गरेको छ ।
सहकारीका बचतकर्ताहरूको रकम फिर्ता नगरेपछि ४५ जना बचतकर्ताले दिएको उजुरीको आधारमा तातेडलाई विहीबार नियन्त्रणमा लिएको जिल्ला प्रहरीले कार्यालय सप्तरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान गरी तातेड सहित सातजनालाई प्रतिवादी बनाएर २०८० साउन १९ मुद्दा दर्ता गरेको थियो ।
राजविराज नगरपालिकाका वडा नम्बर ३ का वडा सदस्य समेत रहेका तातेड सहितले बचतकर्ताको डेढ कडोर रुपैयाँ ठगी गरेको उजुरीमा उल्लेख रहेको छ भने सहकारीको २ कडोर ३८ लाख रुपैयाँ अपचलन गरेको जनाएको छ ।
पक्राउ परेका तातेडका सम्बन्धनमा अनुसन्धान गर्न सप्तरी जिल्ला अदालतबाट शुक्रबार ५ दिनको म्याद लिइएको प्रहरीले जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |