राजबिराज । जिल्ला समन्वय समितिका प्रमुख शिव नारायण साहले सबै तह तथा निकायमा समान सहभागिता सुनिश्चित गरेमात्र युवाहरूको विकास हुने विश्वास व्यक्त गरे ।
बुधवार राजबिराजमा सबल नेपालको आयोजनामा तथा युएसएआईडीको आर्थिक सहयोग, द एसिया फाउन्डेशन मुख्य कार्यन्वयन संस्थाले संचालन गरेको नागरिक, समाज तथा संचार कार्यक्रम अन्तर्गत जिल्लास्तरिय युवा संजाल गठन कार्यक्रममा सो कुरा बताएको हो ।
प्रमुख साहले युवाहरूले सिर्जनशील, सीपयुक्त, उद्यमी र जिम्मेवार नागरिकको रुपमा विकसित हुने अवसर राज्यले सृजना गर्नुपर्नेमा जोड दिए । प्रमुख साहले परिवर्तनका संवाहक भएकोले सामाजिक, राजनीतिक परिवर्तनमा युवा शक्तिको निर्णायक सहभागिताका कारण परिवर्तन सम्भव भएबाट राज्यले निर्माण गर्ने कानून, नीति एवं कार्यक्रममा युवा र उनीहरूका सरोकारका विषय सम्बोधन हुन आवश्यक रहेको बताए ।
कार्यक्रममा गैसस सप्तरीका अध्यक्ष दिपक कुमार झाले राज्य सञ्चालन प्रकृयामा समावेश गर्न नसकेमा राष्ट्रले उनीहरूको उर्जा र प्रतिभाबाट लाभ लिनुको सट्टा कुलत, विकृति, द्वन्द्व र अस्थिरताको सामना गर्नुपर्ने स्थिति आउन सक्ने बताए ।
कार्यक्रममा प्रदेश युवा संजालका अध्यक्ष मोहम्मद नईमले युवाहरूलाई राज्यको नीति निर्माण र निर्णय प्रक्रियामा सार्थक सहभागिता सुनिश्चित गराई युवाको सवाल र मुुद्वामा नयाँ राष्ट्रिय युवा नीति वाट युवा मैत्री कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिए । उनले भने राष्ट्रिय युवा भिजन २०२५ ले शिक्षा, व्यवसाय, रोजगार सीप, स्वास्थ र समाजिक, खेलकुद मनोरञ्जन जस्ता कार्यक्रम संचालन गर्दै आएको बताए ।
सबल नेपालका अध्यक्ष जुना गिरीले नेट बर्कलाई सक्रिय र बलियो बनाई युवाहरूको सवाल, अधिकार र पैरबीको लागि अगाडि बढनुपर्ने जोड दिइनँ ।
कार्यक्रममा राजबिराज नगरपालिकाको महिला विकास अधिकृत अनिता चौधरीले राज्यका नीति, कानून एवं कार्यक्रमले सहीरुपमा सम्बोधन गर्न नसक्दा अवसरको खोजीमा विदेश जाने र उतै पलायन हुने समस्याले विज्ञ र विशेषज्ञको सेवा एवं ऊर्जाबाट मुलुक स्वयं वञ्चित हुन पुगेको जिकिर गरिन ।
जिल्ला युवा संजालका इन्चार्ज बरदान श्रेष्ठले बजारमा उपलब्ध दक्ष र योग्य युवालाई देशभित्र अवसर सृजना गर्न नसक्नुको मुख्य कारण जनशक्तिको माग र शिक्षाबीच सामञ्जस्य कायम हुन नसक्दा धेरै युवाहरु बेरोजगार हुनु परेको र त्यसको समाधानका लागि विदेशिने गरेको बताए ।
जिल्ला समन्वय समितिका प्रमुख शिव नारायण साहको अध्यक्षतामा आयोजित गठन कार्यक्रममा गैसस अध्यक्ष तथा सबल नेपाल कार्यकारी दिपक झाले संस्थाको बारेमा प्रस्तुती गरेका थिए, यसैगरी संजालको काम, कर्तब्य, अधिकार वारेमा कार्यक्रम ब्यबस्थापक शुभनारायण भिणवार यादब र सवनम यादबले उदेश्य वारेमा प्रस्तुती गरेका थिए ।
गठन कार्यक्रममा १८ वटै पालिकामा गठित युवा संजालका ५० जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो । उक्त कार्यक्रमवाट त्रिवेणी कुमार यादबको अध्यक्षतामा २५ सदस्यीय जिल्लास्तरिय युुवा संजाल गठन गरिएको छ ।यसैगरी उपाध्यक्षमा नेहा साह, सचिवमा रामसुन्दर यादब, सहसचिवमा निसा साह र कोषाध्यक्षमा जिवछ प्रकाश यादब रहेको छ ।
यसैगरी सदस्यहरूमा सनाज खाँ, आस्था साह, मो मुस्तुफा, परिवन यादब, अमर यादब, मोहित यादब, रूपेश यादब, रामकुमार रजक, लक्ष्मी कुमारी राम,दिपा यादब, रिसु चौधरी, कंचन यादब, एस एन चौधरी, किरण यादब, निरज साह,बिभा कुमार मण्डल, दशन साह, आशिष गुप्ता,बिशेन्द्र पासवान र मनिषा कुमारी यादब रहेको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |