राजबिराज । क्रिकेटमा परिवर्तनका लागी लैङ्गिक र स्वास्थ्य असमानताहरूलाई सम्बोधन गर्न विद्यालयका छात्राहरूको क्रिकेट प्रति रुचि बढ्दै गएको छ ।
शनिवार राजबिराजमा सबल नेपाल द्वारा आयोजित तथा समानताको लागि क्रिकेट कार्यक्रम अन्तर्गत क्रिकेट चेन्जमेकर्स परिवर्तनकर्ताहरूको कार्यशाला गोष्ठीमा सो कुरा बताईएको हो । कार्यक्रममा सहभागी विद्यालयका शिक्षक, छात्राहरू तथा सप्तरी क्रिकेट सँघका पदाधिकारीहरू सँगको गोष्ठीमा सो कुरा छलफल गरिएको छ ।
उक्त गोष्ठीमा छात्रा क्रिकेट तथा एमसिसी फाउन्डेसनका प्रशिक्षक सारा बेगले छात्रा क्रिकेटको विकास र लैङ्गिक समानताका लागि बिधालयस्तर वाटै महिला क्रिकेटलाई प्रोत्साहन गर्ने उद्देश्यले क्रिकेट प्रशिक्षण दिइदै आएको बताइन । उनले भने लैंगिकताले स्वास्थ्यमा कसरी असर गर्दछ भन्ने बुझने, लैंगिकताले स्वास्थ्यमा पार्न नकारात्मक असर लाई परिवर्तन गर्ने कार्यक्रमको तर्जुमा गर्ने नीति लिएको बताई ।
सो गोष्ठीमा सप्तरी क्रिकेट सँघका अध्यक्ष आयुष श्रेष्ठले महिला तथा छात्रा क्रिकेटको विकासका लागि समुदाय स्तरवाटै छात्रा खेलाडीहरूलाई सक्रियता गराउनु पर्नेमा जोड दिए । उनले भने समुदाय र सामुदायिक विद्यालयहरू वाटै छात्राहरूलाई क्रिकेट प्रति रुचि बढाउन र अन्तर विद्यालय प्रतियोगिता सँगै छात्रा क्रिकेट खेलाडीहरू उत्पादन गर्न सबै सामुदायिक विद्यालयहरूमा कार्यक्रममा सहभागी चेन्जमेकर्स साझीले बिधालयमा छात्राहरूको क्रिकेट प्रति रुची बढेको परिवार र समुदाय गरिमा बढाएको बताइन ।
सहभागी शिक्षिका गिता यादबले क्रिकेट प्रति समुदायको पनि रुचि बढेको र वालवालिकाहरू उत्साह बढेको र जनप्रतिनिधिहरूले सहयोग गरेमा अझ राम्रो हुने थियो । परिवर्तनहरूलाई उनीहरूको समुदायमा रहेको चुनौतीहरू बुझन र उनीहरूको कामको प्रभावको मुुल्याकंन राजदेवी माबिका शिक्षिका बिनिता यादबले बिधालय क्रिकेटमा छात्राहरूको रुचि बढदै गएको छ भने, लैंगिकता बिभेदलाई कम गर्दै क्रिकेट प्रति छात्र भन्दा छात्राको पनि मोह बढदै गएको बताईन ।
यसैगरी केअ माबिका प्राचार्य योगेन्द्र यादबले छात्रा क्रिकेट खेलाडीहरूको लागि बिधालयमा खेलको लागि भौतिक पुर्वाधार, खेल्ने वातावरण र अनुसाशन राम्रो भएकोले छात्रा खेलाडीहरूको सक्रियता बढेको बताए । उनले भने खेलाडीहरूको बिकासको लागि विद्यालयमा क्रिकेटको लागि छुटै योजना ल्याउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा सप्तरी क्रिकेट सँघका अध्यक्ष आयुष श्रेष्ठ, उपाध्यक्ष निरज सिँह, सचिव चन्दन यादब, सदस्य संजय कार्की, रोशन मण्डल, असोक साह, स्थानिय प्रशिक्षक धर्मेन्द्र चौधरी, राहुल सिँह, छात्रा क्रिकेटमा सहभागी बिधालयका शिक्षक, शिक्षिका, अभिभावक लगायतको सहभागिता रहेको थियो भने क्रिकेट फोर ईक्युलिटी कार्यक्रम संयोजक आशिष गुप्ताले सहजिकरण गरेका थिए ।
जिल्लाको राजबिराज नगरपालिका, सुरूगां नगरपालिका, खडक नगरपालिका र सिराहाको लहान नगरपालिका सहित ८ वटा विद्यालयमा १८ महिना सम्म चल्ने उक्त प्रशिक्षणमा १ सय भन्दा बढी छात्रा खेलाडीहरू प्रशिक्षणमा रहेको कार्यक्रम संयोजक आशिष गुप्ताले जानकारी दिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |