राजविराज । नेपाल पत्रकार महासंघको गरिमाको ख्याल गर्दै सदस्यता सम्बन्धी विवाद सार्थक सम्बाद र छलफलका माध्यमबाट समाधान गरि तोकिएकै मितिमा निर्वाचन गर्न प्रेस मंच नेपालले आग्रह गरेका छन् ।
प्रेस मंच नेपालका महासचिव अवधेशकुमार झाले मङ्गलबार एक प्रेस विज्ञप्ति गर्दै महासंघको निर्वाचन दुई पटक स्थगित भएर तेस्रो पटक २०८१ साल असोज ५ गतेका लागी तोकिएको मितिमा प्रेस मंच नेपाल निर्वाचनको तयारीमा जुटेका वेला अप्रत्याशित रूपमा महासंघका अध्यक्ष विपुल पोखरेलले राजिनामा दिएपछि तोकिएको मितिमा निर्वाचन हुनेमा शङ्का उत्पन्न भएका जारी विज्ञप्तिमा जनाएका छन् ।
सदस्यता सम्बन्धी विवादका कारण दुई पटकसम्म स्थगित भएको निर्वाचन असोज ५ गते गर्ने र महासंघले सदस्यता सम्बन्धी समस्या महासंघ नेतृत्वसँग छलफलकै माध्यमबाट समाधानको अन्तिम चरणमा रहेको अवस्थामा अध्यक्ष पोखरेलले राजिनामा दिएपछि महासंघको नेतृत्वमा रहेकाहरूले समस्या मात्र सृजना गर्ने तर समाधानको बाटो नखोज्ने प्रवृत्तिका कारण वर्तमान अन्यौलताको अवस्था सृजना भएको प्रेस मंच, नेपालले ठहर गरेका छन् ।
पटक पटक तोकिएको मितिमा निर्वाचन नगर्ने, अध्यक्षले राजीनामा दिने लगायतका पछिल्लो घटनाक्रमले महासंघलाई वैधानिक सङ्कटमा लग्दै संस्थाको गरिमामा नै आघात पुग्ने काम भएको महासचिव झा द्धारा जारी गरेको विज्ञप्तिमा जनाएका छन् । नागरिक अधिकार रक्षाको एउटा सबल संस्था पत्रकार महासंघको गरिमालाई थप उचाइमा पुर्याउन समेत आवधिक निर्वाचन आवश्यक रहेको वेला अध्यक्ष पोखरेलको राजीनामाले अन्यौलता भएको जनाएका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |