राजबिराज । बाल दिवसको अवसरमा बालबालिकाहरू बिच मैत्रीपूर्ण क्रिकेट खेलको आयोजना गरि मनाएको छ।
शनिवार पबिमाबिको खेलमैदानमा सप्तरी क्रिकेट सँघको समन्वयमा क्रिकेट फोर ईक्युलिटी कार्यक्रम अन्तर्गत खेलको आयोजना गरि मनाएको हो ।
उक्त अवसरमा सप्तरी क्रिकेट सँघका सचिव चन्दनकुमार यादबले क्रिकेट विकास र नव प्रतिभा बालबालिकाहरूलाई क्रिकेट प्रति उत्साह र खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिताहरू गरिदै आएको सप्तरी क्रिकेट सँघका सचिव चन्दन कुमार यादबले बताए । उनले भने महिला तथा छात्रा क्रिकेटको विकासका लागि समुदाय स्तरवाटै छात्रा खेलाडीहरूलाई सक्रियता गराउनु पर्नेमा जोड दिए ।
उनले भने समुदाय र सामुदायिक विद्यालयहरू बाटै छात्राहरूलाई क्रिकेट प्रति रुचि बढाउन र अन्तर विद्यालय प्रतियोगिता सँगै छात्रा क्रिकेट खेलाडीहरू उत्पादन गर्न सबै सामुदायिक विद्यालयहरूमा क्रिकेट प्रशिक्षण गरिने बताए ।
क्रिकेट प्रति समुदायको पनि रुचि बढेको र बालबालिकाहरू उत्साह बढेकोले स्थानीय सरकारले पनि सहयोग गरेमा अझ राम्रो हुने सप्तरी क्रिकेट सँघ कार्यसमिति सदस्य बिरेन्द्र कुमार यादब बताउँछन ।
क्रिकेटमा छात्राहरूको रुचि बढ्दै गएको छ भने, लैङ्गिकता बिभेदलाई कम गर्दै क्रिकेट प्रति छात्र भन्दा छात्राको पनि मोह बढ्दै गएको प्रशिक्षक प्रशिक्षक धर्मेन्द्र चौधरी बताए ।
छात्र र छात्रा क्रिकेट खेलाडीहरूको लागि विद्यालयमा खेलको लागि भौतिक पूर्वाधार, खेल्ने वातावरण र अनुशासन राम्रो भएमा छात्रा खेलाडीहरूको सक्रियता बढ्ने प्रशिक्षक चौधरीले विश्वास व्यक्त गरे ।
उक्त अवसरमा प्रेस मंचका अध्यक्ष भूषण सिँह, अभिभावक तथा शिक्षक अरूण महतो, प्रशिक्षक राहुल सिँह, लगायतको उपस्थिति रहेको थियो ।
जिल्लाको राजबिराज नगरपालिका, सुरूगां नगरपालिका, खडक नगरपालिका, तिलाठीकोईलाडी, बिष्णुपुर गाउपालिका अन्तर्गतका बिधालयका छात्रछात्राहरू सँग अन्तरक्रिया र क्रिकेट प्रशिक्षणका कार्यक्रमहरू संचालनमा रहेको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |