राजबिराज । स्थानीय तहले युवाहरूको सवाल र मुद्दाको सम्बोधन नगरेको लक्षित बजेट नराखेको भन्दै युवाहरूले गुनासो गरेका छन् । सबै तह तथा निकायमा युवाहरूको समान सहभागिता, सहकार्य, गरी युवाको सबालको सुनिश्चित हुनुपर्नेमा युवाहरूले जोड दिएको छ ।
सोमवार सबल नेपालद्वारा आयोजित डाक्नेश्वरी नगरपालिका स्थित पालिका स्तरीय युवा संजालको दुई दिन क्षमता विकास तालिमको समापन कार्यक्रममा युवाहरूले सो कुरा बताए ।
समापन कार्यक्रममा डाक्नेश्वरी नगरपालिका कार्यपालिका सदस्य फुल कुमारी पण्डितले युवाको सवाल, मुद्दा र समाजिक विकृति, द्वन्द्व हटाउन युवा संजाल सक्रिय र बलियो बनाई युवाहरू सवाल, अधिकार र पैरबीको लागि अगाडि बढनुपर्ने जोड दिइनँ ।
दक्ष र योग्य युवालाई देशभित्र अवसर सिर्जना गर्न नसक्नुको मुख्य कारण जनशक्तिको माग र शिक्षाबीच सामञ्जस्य कायम हुन नसक्दा धेरै युवाहरु बेरोजगार हुनु परेको र त्यसको समाधानका लागि विदेशिने गरेको बताइनँ । युवा संजालका अध्यक्ष मो. मजेबुल्लाह (मुन्ना) ले युवाहरू परिवर्तनका संवाहक भएकोले सामाजिक, राजनीतिक परिवर्तनमा युवा शक्तिको निर्णायक सहभागिताका कारण परिवर्तन सम्भव हुने भएकोले राज्यले निर्माण गर्ने कानून, नीति एवम् कार्यक्रममा युवा र उनीहरूका सरोकारका विषय सम्बोधन हुन आवश्यक रहेको बताइनँ ।
स्थानिय तहमा अहिले पनि बजेट सिलिंग गर्दा युवाहरू लक्षित बजेट राखिदैन, युवाको सवाल र मुद्दा बारेमा सम्बोधन गरिदैन सहभागी रंजित पासवानको आरोप लगाइनँ । युवा संजालका सदस्य कबिता सरदारले युवा, महिला, किशोरकिशोरीहरू लाई सिर्जनशील, सीपयुक्त, उद्यमी र जिम्मेवार नागरिकको रुपमा विकसित हुने अवसर राज्यले सिर्जना गर्नुपर्नेमा जोड दिइनँ ।
यता पहिलो चरणमा डाक्नेश्वरी नगरपालिका सहित जिल्लाको सप्तकोशी नगरपालिका,कंचनरूप नगरपालिका, हनुमानगर कंकालनी नगरपालिका, छिन्मस्ता गाउपालिका, अग्नीसाईरकृष्णा संवरण गाउपालिका, रूपनी गाउपालिका, तिरहुत गाउपालिका, महादेवा गाउपालिका, तिलाठीकोईलाडी गाउपालिका, बिष्णुपुर गाउपालिका सहित ११ वटा पालिकाको पालिकास्तरिय युवा संजालको दुई दिने क्षमता विकास तालिम सम्पन्न गरेको सबल नेपालका कार्यक्रम अधिकृत सबनम यादबले जानकारी दिइनँ ।
सबल नेपालको आयोजनामा युएसएआइडीको सहयोग र द एसिया फाउन्डेसन मुख्य कार्यान्वयन संस्थाले संचालन गरेको नागरिक, समाज तथा संचार कार्यक्रम अन्तर्गत सिमान्तकृत समुदायका युवा, किसोरकिसारी र महिलाहरूको अधिकार अभियान कार्यक्रम अन्तर्गत जिल्लाको १८ वटै पालिकामा युवाहरूको अधिकार, सवाल, मुद्दा र सीप, संलग्नता बढाउन, स्रोत, सम्पति र सिपहरूमा पहुच बढाउन का लागि क्रियाकलाप गर्दै आएको सबल नेपालका कार्यक्रम ब्यबस्थापक शुभ नारायण भिनवार यादबले बताए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |