राजविराज । सप्तरीको राजविराजमा रहेका आइडियल बचत तथा ऋण सहकारी संस्थाको शनिबार एक कार्यक्रमका बिच २५औ वार्षिक साधारण सभा सम्पन्न भएका छन् ।
राजविराज स्थित जिल्ला समन्वय समिति सभा हलमा आयोजित साधारण सभामा संस्थाका सम्बन्धमा अध्यक्ष, सचिव, कोषाध्यक्ष र लेखा समितिले प्रतिवेदन प्रस्तुत गरेका थिए ।
अध्यक्ष गणेश कुमार आशले प्रस्तुत गरेको प्रतिवेदन अनुसार हाल संस्थाको कुल सम्पत्ति १ अर्ब ३८ करोड ६२ लाख ४ हजार २ सय ४९ रुपैयाँ रहेको जनाएका छन् । २०५६ सालमा ४२ जनाबाट संचालन भएको संस्थामा हाल १६ हजार ४ सय २६ जना शेयर सदस्य रहेको प्रतिवेदनमा जनाएका छन् ।
राष्ट्रिय तथा प्रदेश स्तरमा उत्कृष्ट स्थानमा रहेका यस संस्थाले डिजिटल प्रविधिको अधिकतम प्रयोग गरिरहेको अध्यक्ष आशले प्रस्तुत गरेको प्रतिवेदनमा जनाएका छन् । संस्थाले केन्द्रिय कार्यालय बाहेक पूर्वमा हनुमाननगर र पश्चिममा पातोमा समेत सेवा दिई रहेको अध्यक्ष आशले प्रस्तुत गरेको प्रतिवेदनमा जनाएका छन् ।
यस्तै संचालक समिति मध्ये सचिवको प्रतिवेदन शैलेश कुमार चौधरीले प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदन अनुसार दोहोरो शेसर सदस्यलाई खारेज गर्नुको साथ साथै संचालक समिति, लेखा समिति, ऋण उपसमिति र शिक्षा उपसमितिको नियमित बैठक सम्पन्न भएको जानकारी दिए ।
संचालक समिति मध्ये कोषाध्यक्ष मञ्जु देवी साहले आर्थिक वर्ष २०८०।०८१ को आर्थिक कार्यक्रमको संङ्क्षिप्त विवरण र आगामी आव २०८१।०८२ को अनुमानित विवरण प्रतिवेदन प्रस्तुत गरेकी थिइन । त्यस्तै लेखा समिति संयोजक दिनेश कुमार साहले संस्थाको विभिन्न निर्णय, कारोबार, नाफा नोक्सान लगायतका विषयमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाका अध्यक्ष गणेश कुमार शाहको अध्यक्षतामा आयोजित साधारण सभामा उपाध्यक्ष विद्यानन्द झा लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |