राजविराज । दाजुभाइ तथा दिदीबहिनीबीचको पवित्र स्नेह, स्नेह र स्नेहको पर्व कार्तिक शुक्ल पक्ष द्वितीयाका अवसरमा आज आइतबार भरदुतिया (भाइटिका) हर्षोल्लासका साथ मनाइँदैछ ।
यस शुभ अवसरमा दिदीबहिनीले दाजुको निधारमा तिलक लगाई उहाँको सर्वाङीण कल्याणको कामना गरेका छन् भने दाजुभाइले पनि दिदीबहिनीको सदैव रक्षा गर्ने वाचा गरेका छन् ।
कार्तिक शुक्ल पक्ष द्वितीयाका दिन यमराजकी बहिनी यमुनाले यमराजलाई आफ्नो घरमा बोलाएर तिलक लगाई खाना खुवाएकी थिइन्, त्यसबेलादेखि यो चलन चल्दै आएको जनविश्वास छ ।
यस अवसरमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई निम्तो दिएर तिलक लगाएर विभिन्न मिठा परिकार खुवाई खुब माया र दीर्घायुको कामना गर्छन् ।
दाजुभाइले पनि दिदीबहिनीको रक्षा गर्ने र आफ्नो क्षमताअनुसार उपहार दिने वाचा लिने गर्छन् । दाजुभाइ र दिदीबहिनीबीचको अतुलनीय प्रेमको प्रतीक भैयादुजको पर्व मिथिलाञ्चलमा आइतबार परम्परागत रुपमा हर्षोल्लासका साथ मनाइएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |