राजबिराज । नव आगुन्तक सप्तरी प्रमुख जिल्ला अधिकारी भोला दहालले जिल्लामा सुशासन कायम गरी जनतालाई सहज सेवा प्रदान गर्न प्रतिवद्ध रहेको बताउनु भएको छ ।
मङ्गलवार जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरूको परिचयात्मक कार्यक्रममा सो कुरा बताएको हो । उनले सुशासन कायम गर्न उच्च मनोबलको साथ आफू आएको बताउँदै जिल्लाको प्रमुख ट्राफिक व्यवस्थापन, अधुरो सार्वजनिक सडक निर्माणको कामको बारेमा सरोकारवाला सँग समन्वय गरी कडाइको साथ लागू गर्ने प्रतिबद्धता जनाए ।
जिल्ला प्रशासन कार्यालय, मालपोत सहित नागरिकले प्रत्यक्ष रूपमा कार्यालयहरूमा सुशासन कायम गरी सहज सेवा पुर्याउन उद्देश्य रहेको बताए । जिल्लाको शान्ति, सुरक्षा तथा सुशासन कायम गर्न सबैको सहयोग, सहकार्य र समन्वय र सहजिकरण गरेर जाने मेरो जिम्मेवारी र कर्तव्य रहेको बताए ।
राजबिराज नगरमा आउँदा यहाँको सबै भन्दा ठुलो समस्या अस्तव्यस्त ट्राफिक व्यवस्थापन, फुटफाटमा देखिएको हाटबजार संचालन जस्ता कार्यले नगर कुरूप बन्दै गएको चिन्ता व्यक्त गरे ।
उक्त अवसरमा सहायक प्रमुख जिल्ला अधिकार जितेन्द्र यादब, नेपाल पत्रकार महासँघका अध्यक्ष श्रवण देव, पूर्व केन्द्रीय सदस्य अबधेश झा लगायत संचारकर्मिहरूले जिल्लाको अवस्था बारेमा धारणा राखेका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |