राजबिराज । सप्तरीमा अदालतबाट कैद सजाय तोकी फरार रहेकाहरूको सुचि लामै छ । शनिवार सप्तरी प्रहरीले आफ्नो १ महिने कार्य सम्पादन प्रगति विवरण सार्वजनिक गर्दै यस्तो जानकारी गराएको छ ।
प्रहरीको अनुसार बिभिन्न अपराधमा संलग्न भई अनुसन्धान तथा अदालतको फैसलाको क्रममा फरार भएका प्रतिवादीहरूको सङ्ख्या झन्डै ४ हजारको हाराहारीमा रहेको छ । जस मध्ये चालू आव ८१/८२ मा ७३ जना पक्राउ परेका छन् । पक्राउ परेका मध्ये ६६ जना ३० दिन भित्र पक्राउ परेको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।
फरारको सुचीमा रहेका कतिपयको निधन भइसकेको, कति भागेर विदेशमा लुकेको र कति पय गाउँ घरमै लुकी बसेको भन्ने जानकारी प्राप्त भएकोले सोही अनुसार खोजी कार्य ब्यापक बनाइएको बताए ।
पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षकले भने म आए यता ३० दिनको अवधीका भन्सार छलेर ल्याइएका ४६ लाख ६९ हजार ६ सय ३५ रुपैयाँको बिभिन्न समान जफत गरेको समेत उनले जानकारी दिए । सो क्रममा चोरी तस्करीको क्रममा प्रयोग गरिएको ७ वटा मोटरसाइकल र १/१ थान कार र सिटी रिक्सा सहित १० जना मानिस समेत पक्राउ गरिएको उनले बताए।
प्रहरीले पछिल्लो एक महिनामा ७३ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । छठसम्मको चाडवाडमा ७ सय ४१ जना प्रहरी जनशक्ति परिचालन गरिएको र प्रहरी निरीक्षक हरूको नेतृत्वमा सुरक्षाकर्मी परिचालित गरिएको खतिवडाले बताए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |