राजविराज । सप्तरीको डाक्नेश्वी नगरपालिका- ७ मझौरा स्थित कठौना-पातो सडकखण्ड अन्तर्गत स्थानीयबासीले चक्काचाम गरेका छन् ।
सडक निर्माण कार्य अलपत्र हुँदा धुलो उडेर समस्यामा परेकाले आक्रोशित स्थानीयबासीहरुले मंगलबार विहान ९ बजेदेखि सडक अवरुद्ध गरेको हो ।
धुलो नियन्त्रणका लागि नगरपालिका र निर्माण कम्पनीसंग पटकपटक आग्रह गर्दा समेत सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको स्थानीयहरुको भनाइछ । उनीहरुले धुलो नियन्त्रण गरी सडक निर्माण कार्यलाई अगाडि नबढाएसम्म चक्काजाम जारी राख्ने चेतावनी दिए ।
पूर्व प्रदेश सभा सदस्य विदेश्वर कुमार यादव (विक्की) ले धुलोका कारण जनजीवन प्रभावित हुँदा समेत सरोकारवाला निकाय गम्भीर नदेखिएको भन्दै आपत्ति व्यक्त गरेका छन् । उनले नगरप्रमुख, प्रदेशसभा सदस्य, प्रतिनिधिसभा सदस्य तथा स्थानीय प्रशासनिक निकाय किन मैन छ रु भन्दै प्रश्न समेत गरेका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |