राजविराज । सप्तरीको रुपनी बजारमा एक बेवारिसे शव फेला परेको छ । रुपनी गाउँपालिका- १ स्थित सामुदायिक भवनमा बेवारिसे शव फेला परेको हो ।
बुधबार भवनमा नामथर वतन नखुलेको अन्दाजी २७–२८ वर्षको पुरुष मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
शव र मुचुल्कासमेतको प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी शव राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |