बारा । बाराको कलैया संचालित मधेश प्रदेशस्तरीय प्रधानमन्त्री कप महिला क्रिकेट छनोट प्रतियोगितामा सप्तरीले बिजयी भएका छन ।
विहीवार भएको खेलमा सप्तरीले दिएको ९७ रनको लक्ष्य पर्साले ७४ रन मात्र बनाउन सकेपछि सप्तरीले पर्सालाई २३ रनले पराजित गर्दै बिजयी सुरुवात गरेका हो ।
कलैया खेलमैदानमा टस जितेर पर्साले सप्तरीलाई ब्याटिङ गर्न दिएपछि सप्तरीले १४.४ ओभरमा सबै बिकेट गुमाई ९७ रनको योगफल खडा गरेका थिए । जसमा साक्षी यादब ३६ रन, सुस्मिता यादब १६, निसु चौधरी रन जोडेका थिए ।
यता सप्तरीको बलिंग तर्फ साक्षी यादब र बन्दना रजकले समान्य २/२ बिकेट तथा दिपा राम र सुस्मिता यादबले समान्य १/१ बिकेट लिएका थिए।
पर्साका सिरिक्षा बस्नेत १३ र सुहाना खातुनले ११ रन बाहेक कुनै पनि खेलाडी दोहोर अंक पार गर्न सकेन ।
खेलको प्लेयर अफ दि म्याच सप्तरीका साक्षी यादब घोषित भएको टिम प्रशिक्षक राहुल सिँहले जानकारी दिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |