राजबिराज । तिरहुत गाउपालिका अध्यक्ष बिजय यादबले युवाहरूको राष्ट्रिय समृद्व बनाउन र विकास गर्न कुनै खाका वा योजना नभएको कारण वैदेशिक रोजगारमा हजारौं युवाहरू खाडीमुलुकमा रोजगारीका लागि जान बाध्य भएको बताए ।
बिहिवार सबल नेपालको आयोजनामा युएसएआइडीको सहयोग, द एसिया फाउन्डेशन मुख्य कार्यन्वयन संस्थाले संचालन गरेको नागरिक, समाज तथा संचार कार्यक्रम अन्तर्गत युवा संजाल सँग पालिकास्तरिय समन्वय बैठकमा सो कुरा बताएका छन ।
उनले भने लघुउद्यम अन्तर्गत सानो सानो उधोग संचालन गरेमा युवाहरूको रोजगारको ग्यारेन्टी हुने विश्वास व्यक्त गरे । सामाजिक विकृतिमै रहेको लागू औषध, दहेज प्रथा, बालविवाह, हिंसा हटाउन युवा संजाल सक्रिय हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा वडा ४ का अध्यक्ष बलराम यादबले शिक्षामा सुधार ल्याउन सबै सरोकारवाला निकाय गम्भीर बन्नुपर्नेमा जोड दिए ।
शिक्षा संयोजक धनेश्वर यादबले सामुदायिक विद्यालयहरूमा शिक्षकको अभाव कारण पठनपाठन अवरोध हुने गरेकोले तत्काल शिक्षकहरूको ब्यवस्था गर्न स्थानीय सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।
स्वास्थ्य संयोजक रमेश यादबले पालिका भित्रका स्थानीयवासीहरूको लागि स्वास्थ्य सेवा सहजरूपमा प्रदान गर्दै आएको छु, गाउघर क्लिनिकलाई थप ब्यबस्थित गर्नु आवश्यक रहेको बताए । उनले भने स्वास्थ्य मापदण्ड बमोजिमको १५ सयाको अस्पताल भएमा अझ स्वास्थ्य प्रभावकारी हुने बताए ।
समन्वय बैठकमा पालिकास्तरिय युवा संजालका अध्यक्ष रामकुमार रजकले तिरहुत गाउँपालिकाको सामुदायिक विद्यालयहरूको शिक्षा र स्वास्थ्य सेवामा निकै कमजोर रहेकोले स्थानीय सरकार गम्भीर हुनु पर्नेमा जोड दिए।
सबल नेपालले नागरिक, समाज तथा संचार कार्यक्रम अन्तर्गत जिल्लाको १८ वटै पालिकामा युवा संजाल गठन भई युवाहरूको अधिकार, न्यायमा पहुँच, क्षमता विकास तथा साझा सवालमा वकालत अभियान कार्यक्रम गर्दै आएको सबल नेपालका कार्यक्रम अधिकृत सवनम यादबले जानकारी दिईन ।
युवाको अधिकार, न्याय, सशक्तीकरण, जनचेतना र क्षमता विकास अभिवृद्धि जस्ता क्रियाकलाप गर्दै आएको छ । युवाको मुद्दाको सम्बोधन, सार्वजनिक स्थानमा युवा असंलग्नता बढाउने, श्रोत, सम्मतिमा पहुँच, मुद्दा र दृष्टिकोणलाई मिडिया मार्फत उजागार गर्ने उद्देश्य रहेको सबल नेपालका कार्यक्रम व्यवस्थापक शुभ नारायण भिण्वार यादबले जानकारी दिए।
नागरिक, समाज तथा संचार कार्यक्रम अन्तर्गत पालिकास्तरिय युवा संजालहरूको अगुवाईमा युवाको साझा सवाल र सामाजिक मुद्वामा बकालत अभियान कार्यक्रम जिल्लाको १५ वटा पालिकामा सम्पन्न गरेको व्यवस्थापक यादबले बताए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |