बारा । बाराको कलैयामा संचालित मधेश प्रदेशस्तरीय प्रधानमन्त्री कप महिला क्रिकेट छनोट प्रतियोगितामा सप्तरीले सिरहालाई पराजित गर्दै लगातार दोस्रो जित हात हात पारेको छ ।
शुक्रवार भएको खेलमा सप्तरीले दिएको ९९ रनको लक्ष्य पछयाउने क्रममा सिरहा ४३ रनमै सीमित भएपछि सप्तरीले ५६ रनले बिजयी भएको हो । कलैया खेलमैदानमा टस जितेर सप्तरी ९९ रनको योगफल खडा गरेका थिए । जसमा दिपा राम २० रन र साक्षी यादबले १७ रन बनाएका थिए ।
बलिंग तर्फ सिरहाका पुष्पा यादबले ३ बिकेट, अन्नु यादब र मिना महतोले समान्य २/२ बिकेट थिए । यता जवाफमा सिरहाले ११ ओभर २ बलमा ४३ रन बनाउन सकेका थिए जसमा सरस्वती चौधरीले १८ रन बनाउनु बाहेक अन्य कुनै खेलाडी दोहोरो अंक पार गर्न सकेन ।
सिरहालाई सस्तोमा आउट गर्न सप्तरीका दिपा रामले ३ बिकेट तथा सुस्मिता यादब र साक्षी यादबले समान्य २/२ बिकेट र बन्दना रजकले १ बिकेट लिएका थिइन ।
खेलको प्लेयर अफ दि म्याच सप्तरीका दिपा राम घोषित भएको टिम प्रशिक्षक राहुल सिँहले जानकारी दिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |