राजबिराज । स्थानीय तहको योजना निर्माण तथा कार्यान्वयनमा युवाको सहभागिता शून्य प्रतिशत रहेको एक कार्यक्रममा सहभागीहरूले बताएका छन् ।
शुक्रवार राजबिराज स्थित जिसस सभाहलमा जिल्ला युवा संजाल सप्तरी द्वारा आयोजित सबल नेपाल, युएसएआइडी, द एसिया फाउण्डेसन मुख्य कार्यन्वयन संस्थाले संचालन गरेको नागरिक, समाज तथा संचार कार्यक्रम अन्तर्गत स्थानीय तहको योजना निर्माण तथा कार्यान्वयनमा युवा सहभागिता विषयक अन्तरक्रिया कार्यक्रम सो कुरा बताएको हो ।
अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासँघ सप्तरी अध्यक्ष श्रवण कुमार देवले स्थानिय तहको योजना, नीति तथा कानून निर्माण तहमा युवाको अर्थपूर्ण सहभागितामा शून्य प्रतिशत रहेको दाबी गरेका छन ।
उनले भने, केही युवाहरूलाई पालिका प्रमुखहरूले आफ्नो आसेपासेहरूलाई सहभागिता गराउने गरेको छ, त्यसमा पनि पार्टीका अन्य युवाहरूको सहभागिता सवालमा युवाहरूलाई भेदभाव गर्दै आएको बताए ।
जिल्ला समन्वय समितिका प्रमुख शिव नारायण यादबले युवाको हकहितको संरक्षण र संवर्द्धन गरी समुन्नत देश निर्माणका लागि सक्षम नागरिक तयार पार्नको लागि युवालाई सशक्तीकरण गर्नु आवश्यक रहेको बताए ।
प्रमुख साहले युवाहरूलाई सहभागितामा प्रबन्ध मिलाउने, प्रमुख सरोकारका सवालमा युवासँग समन्वय र सहकार्य गर्ने, नीतिगत व्यवस्था तथा युवाको क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिए ।
सामाजिक अभियन्ता सुनिता साहले महिला हिंसा जस्ता सामाजिक कुरीतिहरूको बिरूद्व युवा संजाल सशक्त भई १८ वटै पालिकामा एकजुट भएर अगाडि पढ्नुपर्नेमा जोड दिइनँ ।
राजबिराज युवा संजालका अध्यक्ष रमिला साहले युवाको हकअधिकार, न्याय तथा सामाजिक विकृति बिरूद्व युवा संजाल क्रियाशील रहेको बताउँदै संजाललाई मजबुत बनाई युवाको साझा सवालमा एकजुट हुनुपर्ने सुझाव दिइनँ ।
जिल्ला युवा संजालका अध्यक्ष त्रिवेणी यादबको अध्यक्षतामा आयोजित अन्तरक्रिया कार्यक्रममा राजबिराज नगरपालिका वडा ५ का सदस्य तथा नगर युवा संजाल उपाध्यक्ष ईन्द्रजित यादब, राजबिराज नगरपालिका शाखा अधिकृत कल्पणा देव, समाजवादी विद्यार्थी युनियनका सप्तरी विभागीय प्रमुख श्याम कुमार यादब, तिरहुत पालिका युवा संजालका अध्यक्ष रामकुमार रजक, रूपनी गाउपालिका सचिव गोकर्ण साह, सुरूगां नगर संजालका बिशेन्द्र पासवान, तिलाठीकोईलाडी पालिकास्तरिय युवा संजालका कंचन यादब लगायतले राष्ट्रिय विकासमा युवा सहभागिता अभिवृद्धि गर्दै राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरूको पूर्ण उपयोगको वातावरण सिर्जना गर्न, युवाको सशक्तीकरण र विकासका लागि शिक्षा, स्वास्थ्य र रोजगारी लगायतका क्षेत्रमा विशेष अवसर प्रदान गर्नुपर्नेमा जोड दिए ।
जिल्ला युवा संजालका सदस्य अमर यादब द्वारा संचालित कार्यक्रममा सबल नेपालका कार्यक्रम ब्यबस्थापक शुभनारायण भिणवार यादब, कार्यक्रम अधिकृत चन्दनकुमार यादबले कार्यक्रमको उदेश्य वारेमा बोलेका थिए ।
सबल नेपालले जिल्लाको १८ वटै पालिकाको सहकार्य र समन्वयमा पालिकास्तरिय युवा संजालहरू गठन गरि उनीहरूको हकअधिकार, न्यायमा पहुच, क्षमता बिकास, जनचेतना मुलक जस्ता कार्यक्रम गर्दै आएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |