राजविराज । भारतको ७६ औ गणतन्त्र दिवसको उपलक्ष्यमा नेपाल भारत मैत्री संघ शाखा सप्तरी द्वारा संचालित तीन महिने आधारभूत सिलाई कटाई तालिम शुरु भएको छ ।
नेपाल भारत मैत्री संघ शाखा सप्तरी का अध्यक्ष मनोज कुमार मुन्द्राको अध्यक्षता तथा साहित्यकार र समाजसेवी करुणा झाको प्रमुख आतिथ्यमा आइतबार देखि महिलाहरूका लागि नि शुल्क सिलाई कटाई तालिम शुरु गरेका छन् ।
आर्थिक रूपमा कमजोर भएका २० जना महिलालाई प्रशिक्षण दिई आर्थिक रूपमा सबल र आत्मनिर्भर हुने उद्देश्यका साथ नि शुल्क तालिमको आयोजना गरेको समाजसेवी झाले वताईन । सिलाई कटाई तालिमपछि ग्राहकको रुचि अनुरूप ड्रेस मेकिङ गर्न सक्ने एक दक्ष प्राविधिक बन्ने भएकाले तालिममा सहभागीहरूलाई मेहनतका साथ तालिममा सहभागि हुन अनुरोध गरे ।
कार्यक्रममा जसपा नेपाल नेत्री पुनम यादव, सिकन्दर अमात्य, दीपेन्द्र यादव, भोगेन्द्र मिश्र, विनोद यादव लगायतले पनि शुभकामना मन्तव्य दिएका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |