सप्तरी । सप्तरीको विष्णुपुर गाउपालिका लक्षित २ हजार ३९ जना किशोरीहरूलाईह्युमन प्यापिलोमा भाइरस (एचपिभि) खोप लगाउने बताईएको छ ।
मङ्लबार विष्णुपुर गाउपालिका स्वास्थ शाखा द्वारा आयोजित एक दिने पालिका खोप समन्वय समिति, सरोकारवालाहरू र ,संचारकर्मि सँगकाे अभिभुखिकरण कार्यक्रमका साे कुरा जानकारी गराएइएको हाे ।
कार्यक्रममा गाउपालिका अध्यक्ष उमेश प्रसाद यादबले खाेपवाट पालिकाकाे काेही पनि किसाेरीहरू नछुटने गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य चौकी मातहतका सम्पूर्ण स्वयमसेविका र कर्मचारीहरूलाई निर्देशन दिएका छन । अध्यक्ष यादबले फाल्गुन १ गते देखि संचालन गरिने खाेप अभियानमा प्रत्येक वडाका अध्यक्षहरूले आफ्नो बस्ती, टोलका कुनै पनि किसाेरीहरू नछुट्ने गरी प्रचारप्रसार गर्न आग्रह गरेको छ ।
राष्ट्रिय खोप कार्यक्रम २०८१ को परिपत्र अनुसार १० बर्ष देखि १४ वर्षसम्मका वालिकालाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बच्नको लागी एचपिभि खोप अभियान संचालन गरेको छ ।
कार्यक्रममा स्वास्थ्य संयाेजक शिवकुमार साहले खोपले पाठेघरको मुखको क्यान्सरको जोखिम घटाउन सहयोग गर्छ, विश्वमा यसको सफल परीक्षण भइसकेको छ र यो सुरक्षित र प्रभावकारी पाइएको छ, नकरात्मक असर देखिएको छैन ।’ यो खोप लगाउँदा बाँझोपन हुने वा महिनावारी गडबडी हुने भन्ने बुझाइ गलत भएको बताउँदै उनले भने, ‘ढुक्क भएर लगाउँदा हुन्छ ।’
पालिकामा फागुन १ गते देखि ६ गते सम्म खोप अभियान संचालन हुने बिष्णुपुर गाउपालिका स्वास्थ्य शाखा संयाेजक शिवकुमार साहले बताएका छन् ।
स्वास्थ्य शाखाका अनुसार कक्षा छ देखि कक्षा दशसम्मको छात्राहरुलाई तथा विद्यालय बाहिरका दश बर्ष देखि चौध बर्ष सम्मका किशोरीहरूलाई पनि यो खोप लगाउने छ । खोप अभियानमा ४२ जना स्वमसेविका तथा १४ जना स्वास्थ्यकर्मी परिचालन गरिएको स्वास्थ्य शाखा संयाेजक साहले जानकारी दिए ।
सरकारले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि देशव्यापी एचपीभी खोप अभियान आज देखी सुरू गरेको छ ।
अभियानको क्रममा विद्यालयका कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७६८ किशोरीलाई खोप दिने लक्ष्य छ ।
खाेप समन्वय समितका संयोजक एवम् विष्णुपुर गाउपालिका अध्यक्ष उमेश प्रसाद यादबकाे अध्यक्षतामा मंगलवार अभिमुखीकरणमा ७ वटै वडाका वडा अध्यक्ष सहित कार्यपालिका सदस्य तथा विभिन्न शाखाका प्रमुखहरू, विभिन्न स्वास्थ्य संस्थाका इन्र्जहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन स्वास्थ्य शाखा संयाेजक साहले गरेका थिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मुलुकमा हरेक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको छ ।
पाठेघरको मुखको क्यान्सर ह्युमन पापिलोमा भाइरस संक्रमणले हुन्छ । नेपालमा महिलामा हुने विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा छ । देशभर एकैपटक पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपीभी खोप अभियान सुरु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित शिवपुरी उच्चमावि खोप केन्द्र खटिएका काठमाडौं महानगरपालिका-३ का स्वास्थ्यकर्मी लाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेपछि अभियानको औपचारिक सुरु भएको हो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |