राजबिराज । राजबिराज नगरपालिकाले चालू आर्थिक बर्ष २०८१/८२ को कुल १ अर्ब ३३ करोेड ४९ लाख ४६ हजार बराबरको कुल बजेट बिवरण सार्वजनिक गरेको छ ।
बिहिवार राजबिराज नगरपालिका द्वारा संचालित आयोजना कार्यक्रम तथा सेवा प्रभा सम्बन्धी सार्वजनिक सुनवाई कार्यक्रममा सो कुरा बताईएको हो ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत डा. श्रवण कुमार साहले चालू आर्थिक बर्षको बजेट तथा योेजना पुर्वाधार बिकास, स्वास्थ, शिक्षा, कृषी, पोषण, सामाजिक, प्रशासन लगायतका शाखाहरूको प्रगति बिवरण प्रस्तुत गरेका थिए ।
आर्थिक प्रशासन शाखाको आव २०८०/८१ आय ब्यय बिवरण अनुसार आन्तरिक श्रोत २ करोड ३१ लाख ९३ हजार, संघिय बितिय सामानिकरण अनुदान १६ करोड ३६ लाख ८० हजार, संघिय सशर्त अनुदान वाट ३९ करोड ६६ लाख ४१ हजार, संघिय सशर्त विशेष वाट २ करोड २५ लाख सहित बिभिन्न शिर्षकमा आर्थिक प्रगति बिवरण प्रस्तुत गरेको छ ।
राजबिराज नगरपालिका कावा नगरप्रमुख ईसरत परविनको अध्यक्षतामा आयोजित सुनवाई कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साह, पुर्व नगरप्रमुख अनिष अन्सारी, युवा नेता ईर्साद अन्सारी, नेपाल पत्रकार महासँघ सप्तरी अध्यक्ष श्रवण कुमार देव, पुर्व अध्यक्ष मुरली प्रसाद यादब सहित राजबिराज नगरपालिकाको विभिन्न वडाका वडा अध्यक्ष सहित जनप्रतिनिधि तथा संचारकर्मिहरूको उपस्थिति रहेको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |