राजबिराज । समावेशी सञ्चारको लागि समाचार कक्ष, समाचार र सम्पादकीय नीति समावेशीको मर्म अनुरूप बनाउन पत्रकारितामा क्रियाशील सङ्घसंस्थासँगै राज्यका निकाय एकजुट भएर लाग्नुपर्नेमा सम्बद्ध व्यक्तिहरूले जोड दिइएका छन् ।
सोमवार राजबिराजमा आयोजित ६४ औ वार्षिकोत्सवको अवसरमा राससमा समावेशी पत्रकारिताको विकास विषयक अन्तरक्रिया कार्यक्रममा रासस समावेशीकरण विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले सो कुरामा जोड दिएका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि राजबिराज नगरपालिका कावा नगरप्रमुख ईसरत परविनले संचारकर्मिलाई पालिकामा हुने गतिविधि सम्बन्धमा प्रक्रिया पूरा गरी सूचना सहज उपलब्ध गराउने गरेको बताइन ।
पत्रकारिताको विकास बिना समुदायको विकास हुन सक्दैन, आमनागरिक, सञ्चारकर्मी सहितको सहयोग बिना सम्भव हुन सक्दैन, उनले बताइनँ, नगरको विकासलाई अझ गति दिनका लागि संचारकर्मिहरूले सकारात्मक रूपमा कलम चलाउन आग्रह गरिन, यसैगरी पूर्व अध्यक्ष मुरली प्रसाद यादबले सञ्चारकर्मीले मुलुकको विविधता, पहिचान र अधिकारलाई स्वीकार नगर्ने पुरानो, सङ्कीर्ण र एकात्मक चिन्तनलाई चिर्दै सबैको अस्तित्व स्वीकार गर्ने सही ज्ञान र विचारको निर्माण गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
पूर्व अध्यक्ष यादबले अनुसन्धानको नाममा बैधनाथ यादबलाई थुनामा राखेर प्रहरीले दुख दिने गरेको बताए । प्रेस काउन्सिलका पुर्व सदस्य अनिल कुमार अनलले विगतको राज्य व्यवस्था, शासन प्रणालीले सिकाएको र हुर्काएको गलत चिन्तन पद्धतिबाट पत्रकारितालाई सही बाटोमा ल्याउने जिम्मा पत्रकारहरूको रहेको बताउनुभयो ।
उहाँले पत्रकारिताको समावेशीकरण नेपालका विविध भाषाभाषी, संस्कृति, अलिखित इतिहास, प्रयोग सञ्चारमाध्यममा सम्प्रेषण हुने र त्यसले देशभक्ति र गौरवको भावना बढाउने धारणा राख्नुभयो । सञ्चारमाध्यममा सबैको समावेशीकरणले राज्यमा सबको पहिचान र बराबरी अधिकार पाउनुपर्ने विचारलाई प्रर्वद्धन गर्ने धारणा राख्नुभयो ।
पूर्व अध्यक्ष बिष्णु प्रसाद मण्डलले राज्यको स्रोत, साधनमा सबै भाषाभाषी, जातजाति र वर्ग र समुदायको हिस्सेदारी हुनुपर्ने विचार फैलिएको बताउँदै ‘ त्यस विचारलाई स्थापित गराउन सञ्चारमाध्यमलाई समावेशी बनाउनुको विकल्प छैन ।’
सिरहाका रासस प्रमुख सुदिप राउतले राससले बिभिन्न भाषा, संस्कृतिको क्षेत्रमा धेरै फडको सँगै फराकिलो हुदै सकरात्मक पत्रकारिता गर्न सिकाएको बताए ।
यसैगरी कार्यक्रममा जिसस सप्तरी उपप्रमुख शंभु यादब, जसपा नेपालका जिल्ला अध्यक्ष केदार यादब, नेपाल पत्रकार महासँघ सप्तरी अध्यक्ष श्रवण कुमार देव, प्रेस मंचका महासचिव तथा कान्तिपुर सहकर्मि अबधेश झा, भाषाबिज्ञ डा. सुर्य नारायण यादब, प्रेस चौतारी अध्यक्ष डम्बर राई, आदिवासी जनजाती पत्रकार महासँघ अध्यक्ष कृष्णा मण्डल, समाजिक अभियन्ता राजेश बिद्रोही लगायतले शुभकामना दिएका थिए भने स्वागत मन्तब्य अरूण यादबले गरेका थिए भने कार्यक्रमको संचालन उमेश साहले गरेका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |