सप्तरी । कंचनरूप नगरपालिका द्वारा संचालित पालिकास्तरीय मेयर कप दोस्रो सिजनको खेलमा राजबिराज नगरपालिकाले हनुमाननगर कंकालनी नगरपालिकालाई १० रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका छन ।
सोमवार टस जितेर राजबिराजले २० ओभरमा ९ बिकेट गुमाई १ सय ९० रनको बिशाल योगफल खडा गरेका थिए । जसमा बिशाल स्कोरमा पुुरयााउन बिकास दास र भिम यादबले उत्कृष्ट पारी खेल्दै ५३ रन बनाएका थिए । यसैगरी बसन्त यादब २७ रन, बिजय यादब अविजित २० रन बनाए ।
बलिङ तर्फ हनुमाननगर कंकालनी का सत्यनारायण राउत ३, घनश्याम भुजेल २ विकेट र प्रशान्त कुसियैत १ बिकेट लिएका थिए ।
जवाफमा १ सय ९१ रनको लक्ष्य लिएका हनुमानगर कंकालनीले २० ओभरमा ६ बिकेट गुमाएर १ सय ८० रन मात्र बनाए पछि राजबिराज १० रनले बिजयी भएको हो । जसमा गोमानन्द अमात्यले उत्कृष्ट ब्याटिंग गर्दै ६७ रन, सौरब झा ३७ रन र सन्त खडका २३ रन, घनश्याम भुजेल र सकिव खान १५/१५ रन बनाएपनि जितको प्रयाप्त हुन सकेन ।
बलिंग तर्फ राजबिराजका बिकास दास २ बिकेट तथा सुशान्त देव, बिजय यादब, भिम यादब १/१ बिकेट लिएका थिए । खेलको प्लेयर अफ दि म्याच बिकास दास घोषित भएको आयोजक समितिका आकाश दास ले जानकारी दिएका छन । यसैगरी ााजै सम्पन्न खेलमा सप्तकोशी नगरपालिकाले सुरूगां नगरपालिकालाई १ बिकेट पराजित गर्दे बिजयी भएको छ ।
सुरूगांले दिएको १ सय ४० रनको लक्ष्यलाई पछयाउने क्रममा सप्तकोसी नगरपालिकाले १८ ओभर ६ बलमा ९ बिकेट गुमाएर बिजयी हासिल गरेका छन । जसमा टिमलाई जित दिलाउन निराजन यादबले ५ चौका र ४ छक्काको मदतले ५३ रनको पारी खेलेका थिए । यसैगरी बिक्रम खडका २६ रन, अमन बस्नेतले १० रन बनाएका थिए ।
बलिंग तर्फ सुरूगांका जेम्स बिक ३ बिकेट, कुन्दन पासवान, बिकास चौधरी, ओेम प्रकाश चौधरी र शंभु मण्डलले १/१ बिकेट हात पारेपनि सप्तकोसीलाई अलआउट गर्न सकेन ।
टस जितेर सप्तकोसी नगरपालिकाले सुरूगां नगरपालिकालाई ब्याटिंग गर्न दिएपछि निर्धारित २० ओभरमा सुरूगांले ९ बिकेट गुमाई १ सय ४० रनको योगफल खडा गरेका थिए । जसमा दिपक बिक २० रन, कुन्दन पासवान र ओम प्रकाश चौधरी १७ र१७ रन, सुरज यादब १४ र जेनिष पासवान ११ रन बनाएका थिए । बलिंग तर्फ सप्तकोशीका गणेश यादब र सुरेश यादब ३/३ बिकेट र बिक्रम यादब २ बिकेट र बिक्रम खडका १ बिकेट लिएका थिए ।
खेलको प्लेयर अफ दि म्याच सप्तकोसी नगरपालिकाका निराजन यादबलाई सप्तरी क्रिकेट संघका सचिव चन्दनकुमार यादबले घोषित भएका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |