कंचनपुर, सप्तरी । कंचनरूप नगरपालिका द्वारा संचालित पालिकास्तरीय मेयर कप दोस्रो सिजनको खेलमा तिलाठी गाउँपालिकाले रूपनी गाउँपालिकालाई -७ बिकेटले पराजित गर्दै बिजयी भएको हो ।
मंगलवार भएको पहिलो खेलमा रूपनी गाउँपालिकाले दिएको १ सय १२ लक्ष्य तिलाठी कोईलाडी गाउँपालिकाले १२ ओभर २ बलमा ३ बिकेट गुमाएर बिजयी भएको छ ।
जसमा टिमलाई जिताउन धिरज मण्डलले उत्कृष्ट ब्याटिङ गर्दै ४१ रन र अमित मण्डलले पनि १७ रन अविजित रहँदै ५८ रनको साझेदारी गरेपछि जित सहज भएको थियो ।
यसैगरी अर्का ब्याटर प्रकाश मण्डलले पनि ३३ रन जोडेका थिए । यता बलिंग तर्फ रूपनी गाउँपालिकाका अभिषेक दास २ बिकेट र सुमन चौधरीले १ बिकेट लिएका थिए ।
टस जितेर रूपनी गाउँपालिकाले १४ ओभर १ बलमा १ सय १२ रनको योगफल खडा गरेका थिए । जसमा अनोज यादबले सर्वाधिक ४१ रन, अशोक मेहताले १३, महेश माझीले १२ रन बनाएका थिए ।
बलिंग तर्फ तिलाठी कोईलाडी गाउपालिका बिष्णु मण्डल ४ बिकेट, धिरज मण्डल ३ बिकेट, उज्जवल झा २ बिकेट र बिशाल शर्मा २ बिकेट लिएका थिए ।
प्लेयर अफ दि म्याच तिलाठी कोइलाडी गाउँपालिकाका धिरज मण्डल घोषित भएको आयोजक समितिका आकाश गुप्ताले जानकारी दिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |