राजबिराज । नेपालको सर्वाधिक लोकप्रिय बिमा संस्था नेपाल लाइफ ईन्स्योरेन्स शाखा कार्यालय राजबिराजमा कार्यरत एजेन्सी म्यानेजर लक्ष्मी साफी सहित ५ जना मुक्तिनाथ टुर योजनामा परेका छन ।
राजबिराज शाखामा उत्कृष्ट कार्य गरेकोले उनीहरूलाई पुरस्कृत स्वरूप मुक्तिनाथ टुर योजनामा योग्य भएकोले छनोटमा परेको हो । योग्य हुनेहरूमा सप्तरी कार्यक्षेत्र बनाएर बिमा गर्ने एजेन्सी म्यानेजर लक्ष्मी रजक, सरिता मण्डल, सत्य नारायण यादब, तारानन्द साफी मुक्तिनाथ सहित टुरमा छनोट भएको शाखा प्रमुख पुरुषोत्तम चौधरीले बताए ।
शाखा प्रमुख पुरुषोत्तम चौधरीले जीवन अमूल्य भएकोले जीवनको सुरक्षित बनाउन बिमा व्यवसाय एक मात्र विकल्प रहेको बताए ।बिमा व्यवसायलाई सुरक्षित तथा समृद्ध बनाउन छोराछोरीको उच्च शिक्षा अथवा विदेश गएर पढ्ने चाहना, शिक्षा, दिक्षा, छोराछोरीलाई शिक्षा दिक्षाको व्यवस्था गराउन बिमाले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उनले विवाहको प्रबन्ध मिलाउनको निम्ति ठूलो खर्च आइलाग्ने भएकोले बाबु–आमालाई यसको बोझ हल्का गराउन बीमा सुरक्षित उपाय रहेको बताए । बिमा कठिन ब्यवसाय भएकोले मानिसको जीवन सुरक्षित बनाउनका लागि सम्पूर्ण नेपालीले बिमा गर्न तर्फ अग्रसर हुनुपर्नेमा जोड समेत दिए ।
भविष्य प्रति विभिन्न प्रकारका प्रलेख बीमा गराएर ढुक्क हुन भन्दै वृद्ध अवस्थामा पनि आनन्दका साथ दिन बिताउन बिमा माध्यम हुनजान्छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |