कंचनपुर, सप्तरी । कंचनरूप नगरपालिका द्वारा संचालित पालिकास्तरिय मेयर कप दोस्रो सिजनको दोस्रो सेमिफाइनल खेलमा सुरूगां नगरपालिकाले तिलाठी कोईलाडीलाई ६ बिकेटले पराजित गर्दै फाइनलमा प्रवेष गरेको छ ।
दोस्रो सेमिफाइनलमा तिलाठी कोईलाडीले दिएको १ सय १५ रनको लक्ष्य सुरूगांले १७ ओभर २ बलमा ४ बिकेट गुमाएर बिजयी भएको हो ।
टस जितेर सुरूगांले तिलाठीलाई ब्याटिंग गर्न दिएपछि तिलाठी कोईलाडीले निर्धारित २० ओभरमा ९ बिकेट गुमाएर १ सय १५ रनको योगफल खडा गरेका थिए । जसमा मोहम्मद गुडु ले ३५ रन, उज्जवल झा २१ रन बनाएका थिए ।
बलिंग तर्फ सुरूगांका बिकेश चौधरी ३ बिकेट, कर्ण बहादुर बिक र शंभु मण्डल २ बिकेट र कुुन्दन पासवानले १ बिकेट लिए ।
जवाफमा सुरूगांले १७ ओभर २ बलमा जित हासिल गरेका थिए, जसमा टिमलाई जिताउन जेम्स बिकले ३२ रन, दिपक बिकले अविजित २३ रन, कर्ण बहादुर बिक र शंभु मण्डलले १९/१९ रन बनाएका थिए ।
यता बलिंग तर्फ तिलाठीका रमान्नद मुखिया ३ बिकेट, बिशाल शर्मा १ बिकेट हात पारेका थिए । खेलमा प्लेयर अफ दि म्याच बिकेश चौधरीलाई तिलाठी कोईलाडी गाउपालिका शिक्षा शाखा सहायक प्रमुख ज्ञानेन्द्र कुमार यादबले कप प्रदान गरेका थिए ।
शनिवार उपाधिको लागी सुरूगां र राजबिराज बिच भिडन्त हुने आयोजकले जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |