राजविराज । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नं. ३ सकरपुराका अग्नीपीडित परिवारलाई गाउँपालिकाबाट सोमबार राहत सामग्री वितरण गरेको छ ।
आइतबार राति आगलागी हुँदा गोकर्ण मुखियाको तीन कोठे एउटा घर, नथुनी यादवको एक घर र लखन मुखियाको एक गरि तीन वटा घर जलेर नष्ट भएको थियो ।
सोमबार गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डल, उपाध्यक्ष फुलकुमारी साह, वडा अध्यक्ष रमेश मुखिया, विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झा, पूर्व वडा अध्यक्ष मनोज चौधरीसहितकाले राहत सामग्री वितरण गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाबाट सोमबार अग्निपीडित तीन परिवारलाई राहत स्वरुप त्रिपाल, कम्बल, हाइजिन किट, च्यूरा ५ किलो, भुजा ५ किलो, नुन २ किलो, भुजिया १ किलो, साडी ६ थान, लुङ्गी ६ थान, चामल २५ किलो, खाने तेल १ लिटर, बेडसिट, बाल्टिन, मग, बच्चाको कपडासहितको सामग्री प्रदान गरिएको गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेश कुमार झाले जानकारी दिनुभयो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |