राजबिराज । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा महेन्द्र विन्देश्वरी बहुमुखी (मविब) क्याम्पस राजविराज बाट सभापति पदमा ७ जनाको उम्मेदवारी परेको छ ।
चैत ५ गते हुने स्ववियु निर्वाचनमा बिभिन्न विद्यार्थी सङ्गठनहरूले मनोनयन दर्ता गराएका छन ।
जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी विद्यार्थी युनियन नेपाल र नेपाल विद्यार्थी सङ्घबाट दुई- दुई जनाले सभापति पदमा उम्मेदवारी दिएका छन् ।
सभापति पदमा समाजवादी विद्यार्थी युनियन नेपालका तर्फबाट रञ्जितकुमार यादव र विनयकुमार यादवले उम्मेदवारी दिएको निर्वाचन प्रमुख नन्दकिशोर यादबले जानकारी दिए।
यस्तै नेपाल विद्यार्थी संघबाट नितिशकुमार यादव र ओमशंकर साह, अनेरास्ववियु बाट मनिषा कुमारी साह, विद्यार्थी जनमत संघबाट त्रिवेणी कुमार यादव र अखिल क्रान्तिकारीबाट राकेशकुमार यादवले उम्मेदवारी दर्ता गराएका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |