राजविराज । सप्तरीको राजविराजमा छुरा प्रहारबाट दुई युवक घाइते भएका छन् । राजविराज- ७ स्थित सिरहा रोडमा बुधबार बेलुका छुरा प्रहारबाट डाक्नेश्वरी नगरपालिका- ७ ब्रहम्प्रपुर बस्ने २६ वर्षीय सुनिल यादव र महदेवा गाउँपालिका–४ का २५ वर्षीय सुभाष यादव घाइते भएका हुन् ।
एकै समुहमा रहेका उनीहरूबीच झडप हुँदा छुरा प्रहार भएको प्रहरीको भनाई छ । छुरा प्रहार गर्ने मध्ये विरेन्द्र यादवलाई पक्राउ गरि अनुसन्धान थालिएको सप्तरी प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले बताए । उनले झगडा के कारणले भएको खुल्न नसकेको बताए ।
घाइतेहरूको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |