राजबिराज । राजबिराजमा सञ्चालित मधेश प्रिमियर लिग (एमपीएल) को तेश्रो सिजन को तेस्रो दिनको खेलमा जनकपुर सनराइजर्स र मिथिला वारिर्यस बिजयी भएको छ ।
विहीबार जनकपुर सनराइजर्स र छिन्नमस्ता रुपनी मधेश राइडर्स बिच भएको पहिलो खेलमा छिन्नमस्ता रुपनी मधेश राइडर्स लाई २ बिकेटले पराजित गर्दै जनकपुर सनराइजर्स बिजयी भएको हो ।
मधेश प्रिमियर लिग प्रालिको आयोजना तथा मधेश प्रदेश सरकारको सहयोगमा सञ्चालित आज तेस्रो दिनको खेलमा छिन्नमस्ता रुपनी मधेश राइडर्सले जनकपुर सनराईज लाई ११४ रनको टार्गेट दिएको थिए ।
पविमाविको खेल मैदानमा तेस्रो दिनको प्रथम चरणको खेलमा छिन्नमस्ता रुपनी मधेश राइडर्सले दिएको ११४ रनको लक्ष्य जनकपुर सनराईजले १५.३ ओभरमा ८ बिकेट गुमाई २ विकेटले जित हात पारेको छ।
जसमा विशाल कुमार पटेलले सर्वाधिक ३२ रन बनाएका थिए भने अखिल श्रवनले २४ रन, आदिल खानले १३ रन , विशाल सुस्लिङ र मयन यादवले समान १२/१२ रन जोडेको थिए ।
बलिंग तर्फ मधेश राइडर्सका दिवान पुन, दिनेश अधिकारी र अभिषेक कार्किले समान २/२ र हेमन्त धमीले १ बिकेट लिएका थिए ।
त्यसैगरी दोस्रो खेलमा मिथिला वारिर्यसले काठमाडौँ रोयल्सललाई १४ रनले पराजित गर्दै बिजयी सुरुवात गरेको छ । जसमा सुमित महर्जन ५३, रवि साह ३०, दिपेन्द्र सिंह एरीले नट आउट २३, बसन्त खत्री १४, बसिर अहम्मद १० रन बनाउन सफल भएको थियो ।
बलिंग तर्फ काठमाण्डौ रोयल्सका अमित श्रेष्ठ ३, रामनरेश गिरी २, रुपेश सिंह, दिपेश श्रेष्ठ र नरेन साउदले समान १/१ विकेट लिएको थियो ।
मिथिला वारिर्यस दिएको १५९ रनको लक्ष्य पछयाउने क्रममा काठमाडौँ रोयल्सलले २० ओभरमा ९ बिकेट गुमाएर १ सय ४४ रन मात्र बनाउन सकेका थिए । जसमा अर्जुन साउद ३३, अमित श्रेष्ठ र रूपेश कुमार सिहले समान २४/२४ र केशव साउदले १४ रन बाहेक कुने पनि ब्याटसम्यानले दोहरो अकं जोरन सकेनन् ।
बलिंग तर्फ वारिर्यसका दिपेन्द्र सिह ऐरीले ४ र नन्दन यादव, बसन्त रेग्मीे, बसिर अहमद र कुशल भुर्तेलले समान १/१ बिकेट लिएका थिए ।
भोलिको पहिलो खेल कोशी दुहबी क्यापिटल र सप्तरी बलान बिहुल सुपर किंग तथा दोस्रो खेल जनकपुर सनराइजर्स र मिथिला वारिर्यस बिच हुने आयोजकले जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |