राजबिराज । मधेश प्रिमियर लिग तेस्रो संस्कार अन्तर्गत शुक्रवार भएको खेलमा नेपाल टिमका राष्ट्रिय खेलाडी कुशल भुर्तेलको उत्कृष्ट ब्याटिङले मिथिला वारियर्स ५ बिकेटले बिजयी भएको छ ।
पहिलो खेलमा बलानले कोशीलाई ८१ रनले र दोस्रो खेलमा जनकपुर सनराईज लाई ५ बिकेटले पराजित मिथिला वारियर्स बिजयी भएको छ ।
बलान बिहुल सुपर किंंग्स र कोशी दुहबी क्यापिटल बिच भएको पहिलो खेलमा टस जितेर बलानले निर्धारित १२ ओभरको खेलमा ८ बिकेट गुमाएर १ सय ४१ रनको योगफल खडा गरेका थिए । जसमा ईमरान शेखले सर्वाधिक ४१ रन, राशिद खान ३०, अरनिको यादबले २० रन तथा बिकास दासले अविजित रहदै १३ रन जोडेका थिए ।
बलिंग तर्फ कोशीका भिम यादब ३ बिकेट, अनुज चौहान २ बिकेट तथा मोहम्मद सोहिल, साजन दास, नवीन यादबले समान १/१ बिकेट हात पारेका थिए ।
प्रतिउत्तरमा १ सय ४२ रनको लक्ष्य लिएका कोशीले १२ ओभरमा ९ बिकेट गुमाएर ६० रन मात्र बनाउन सकेका थिए । जसमा नविन कुमार यादबले ३३ रन बनाउनु बाहेक अन्य कुनै खेलाडीले दोहोर अंक बनाउन सकेन, यता बलान बिहुलको कसिलो बलिंग गर्दै कोशीलाई सस्तोमा आउट गर्न बिवेक यादब, राशिद खान र भुवन कार्की समान २/२ बिकेट, र बिकास दासले १ बिकेट हात पारेका थिए ।
उक्त खेलमा प्लेयर अफ दि म्याच बलान राशिद खान घोषित भएको मधेश प्रिमियर लिगका अध्यक्ष ई संंजिव यादबले जानकारी दिए ।
यसैगरी दोस्रो खेलमा मिथिला वारिर्यस र जनकपुर सनराईजर्स बिच भएको खेलमा टस जितेर मिथिला वारियर्सले जनकपुरलाई ब्याटिंग गर्न दिएपछि निर्धारित २० ओभरको खेलमा १८ ओभर ५ बलमा सबै बिकेट गुमाएर १ सय २२ रनको योगफल खडा गरेका थिए ।
जसमा मयन यादब ३६ रन, राष्ट्रिय खेलाडी आशिफ शेखले १८ रन, आरिफ शेख ११ रन र बिशाल पटेलले २२ रन बनाएका थिए । बलिंग तर्फ मिथिला वारिर्यसका शेर मल्लले उत्कृष्ट बलिंग गर्दै ४ ओभरमा १५ रन खर्चे ४ बिकेट हात पारेपछि जनकपुर लाई कम स्कोरमा रोकेका थिए ।
यसैगरी राष्टिय खेलाडी कुशल भुर्तेलले २ बिकेट, राष्ट्रिय खेलाडी दिपेन्द्र सिँह एरी र अर्का राष्ट्रिय खेलाडी बसिर अहमदले समान १/१ बिकेट हात पारेका थिए ।
प्रतिउतरमा १ सय २३ रनको लक्ष्य पछयाउने क्रममा मिथिला वारियर्सले १४ ओभर ३ बलमा ५ बिकेट गुमाएर बिजयी भएको हो । वारियर्सलाई जिताउन राष्ट्रिय खेलाडी कुशल भुर्तेलले ७ चौका र ३ छक्काको मदतले ५६ रन बनाउदै उत्कृष्ट ब्याटिंग गरेपछि जित सहज भएको हो ।
यसैगरी राष्ट्रिय खेलाडी दिपेन्द्र सिँह एरीले २३ रन तथा बसिर अहमदले अविजित १२ रन र सुमित महर्जनले ७ रन अविजित रहदै रन बनाएका थिए ।
बलिंग तर्फ जनकपुरका विशाल पटेल २ बिकेट विशाल सुश्लिंग, फदेह सिद्विकी, र प्रदिप पासवानले समान १/१ बिकेट हात पारेका थिए । खेलको प्लेयर अफ दि म्याच मिथिला वारिर्यसका कुशल भुर्तेल घोेषित भएको थियो ।
भोलिको पहिलो खेल काठमान्डौ रोयल्स र छिन्मस्ता तथा सप्तरी बलान बिहुल र मिथिला वारियर्स बिच हुने मधेश प्रिमियर लिगका अध्यक्ष संजिव नारायण यादबले जानकारी दिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |