राजबिराज । राजबिराजमा सञ्चालित मधेश प्रिमियर लिग (एमपीएल) को पाचौ दिनको खेलमा काठमान्डौ रोयल्स र सप्तरी बलान बिहुल विष्णुपुर सुपर किगंस बिजयी भएको छ ।
शनिवार पहिलो खेलमा टच जितेर काठमान्डौले छिन्मस्तालाई ब्याटिंग गर्न निम्तो दिएपछि छिन्मस्ताले निर्धारित २० ओभरमा ७ बिकेट गुमाएर १ सय ५९ रनको योगफल खडा गरेका थिए ।
जसमा शंकर राणा ४२ रन, दिनेश अधिकारी २२, रोहन बिक १७ तथा सन्तोष कार्की १५ रन बनाएका थिए । बलिंग तर्फ काठमान्डौ रोयल्सका अमित श्रेष्ठ ३ बिकेट रूपेश सिँह र दिपेश श्रेष्ठले समान २/२ बिकेट तथा नरेश साउद १ बिकेट लिएका थिए ।
प्रतिउत्तरमा काठमान्डौले १९ ओभर ५ बलमा ५ बिकेट गुमाएर बिजयी हात पारेका थिए । जसमा टिमलाई जिताउन तीर्थराज दासले सर्वाधिक ३७ रन, किरण कुमार ठुगुनाले ३५ रन तथा अशोक पौडेलले अविजित २४ रन र अमित श्रेष्ठले १४ रन नटआउट खेलेपछि जित सहज भएको थियो ।
बलिंग तर्फ छिन्मस्ताका दिनेश अधिकारी, हेमन्त धामी, अभिषेक कार्की, दिवान पुन र नारायण साउदले समान १/१ बिकेट लिएका थिए । खेलको प्लेयर अफ दि म्याच अमित श्रेष्ठ घोषित भएका थिए ।
त्यसैगरी आज मिथिला बारियर्स र बलान बिच भएको खेलमा टस जितेर मिथिलाले बलानलाई ब्याटिंग गर्न दिएपछि बलानले २० ओभरमा ९ बिकेट गुमाएर १ सय ७७ रनको योगफल खडा गरेका थिए । जसमा लोकेश बम ४६ रन, सुजन थपलिया ४३, राशिद खान १९, श्रवण यादब १५, बिवेक यादब १४ , बिकास दास अविजित खेल्दै १३ रन जोडेका थिए ।
बलिंग तर्फ मिथिला का शेर मल्लले ४ बिकेट, वसन्त खत्री ३ बिकेट तथा बसिर अहमद र नन्दन यादब समान १/१ बिकेट लिएका थिए । प्रतिउत्तरमा १ सय ७८ रनको लक्ष्य लिएर मैदानमा उतरेका मिथिलाले १७ ओभर ३ बलमा सबै बिकेट गुमाएर १ सय ४६ रन मात्र बनाउन सकेपछि सप्तरी बलान ३१ रनले बिजयी भएको हो ।
जसमा राष्ट्रिय खेलाडी बसिर अहमदले विस्फोटक ब्याटिंग गर्दै ७२ रन बनाएपनि टिमलाई जिताउन सकेन । यसैगरी टिमका लागि वसन्त खत्री २८ रन, सुमित महर्जन १३ रन बाहेक अन्य कुनै खेलाडी दोहोरो अंक पार गर्न सकेन । यता मिथिलाका खेलाडीहरूलाई सस्तोमा आउट गर्न बिवेक यादबले उत्कृष्ट बलिंग गर्दै महत्वपूर्ण बिकेटको रूपमा राष्ट्रिय खेलाडी दिपेन्द्र सिँह एरीलाई बिबेकले पहिलो र रबि कुमार साहलाई दोस्रो ओभरमा आउट गरेपछि जित तर्फ अग्रसर गराएका थिए ।
अर्का बलर राशिद खान २ बिकेट तथा श्रवण यादब, फिर्दोष अन्सारी, बिकास दास र भुवण कार्कीले समान १/१ बिकेट हात पारेका थिए । खेलको प्लेयर अफ दि म्याच लोकेश बम घोषित भएको थियो ।
भोलिको पहिलो खेल कोशी दुहबी क्यापिटल र जनकपुर सनराईज तथा काठमान्डौ रोयल्स र सप्तरी बलान बिहुल सुपर किंग बिच हुने मधेश प्रिमियर लिगका अध्यक्ष ई संजिव नारायण यादबले जानकारी दिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |