राजबिराज । राजबिराजमा सञ्चालित मधेश प्रिमियर लिग (एमपीएल) अन्तर्गत छैटौं दिनको खेलमा जनकपुर सनराइजर्स र सप्तरी बलान बिहुल विष्णुपुर सुपर किगंस बिजयी भएको छ ।
आइतबार पहिलो खेलमा कोशी दुहबी क्यापिटल र जनकपुर सनराईज बिच भएको खेलमा जनकपुरले दुहबीलाई १ सय ९८ रनले र दोस्रो खेलमा बलान बिहुलले काठमान्डौ रोयल्सलाई ६ बिकेट ले पराजित गर्दै बिजयी भएको हो ।
पहिलो खेलमा टस जितेर कोशी दुहबीले जनकपुरलाई ब्याटिङ गर्न निम्तो दिएपछि जनकपुरले २० ओभरमा ५ बिकेट गुमाएर २ सय ३५ रनको विशाल योगफल खडा गरेका थिए । जसमा विशाल सुश्लिंगले नटआउट रहदै ८० रन बनाएको थियो । यसैगरी मयन यादबले ६६ रन, विशाल पटेल ४७ रन र आदिल खान २५ रन बनाएका थिए । यता बलिंग तर्फ दुहबी क्यापिटलका साजन कुमार दास ३ बिकेट, नवीन यादब र आयुष रौनियार १/१ बिकेट लिएका थिए ।
जवाफमा २ सय ३६ रनको लक्ष्य लिएका कोशी दुहबीले ७ ओभर ४ बलमा ३७ रन मात्र बनाउन सकेका थिए । दुहबीका नवीन यादब र मोहम्मद सोहिल १५/१५ रन बाहेक टिमका ७ जना ब्याटसम्यान खाता न खोल्दै आउट भएका थिए ।
दुहबीलाई सस्तोमा आउट गर्न सनराईजका बिपिन खत्रीले किफायती बलिंग गर्दै ४ बिकेट, प्रदिप पासवान ३ बिकेट, विशाल पटेल २ बिकेट तथा तुल बहादुर मगरले १ बिकेट लिएपछि दुहबी टिम परेका थिए । खेलको प्लेयर अफ दि म्याच विशाल सुश्लिंग घोषित भएको छ ।
यसैगरी आजै काठमान्डौ रोयल्स र बलान बिहुल सुपर किंग बिच भएको खेलमा टस जितेर काठमान्डौले ब्याटिंग गर्दै १५ ओभर ४ बलमा सबै बिकेट गुमाएर ६५ रनको सानो योगफल खडा गरेका थिए । जसमा मिलन बोहरा ११ रन र रूपेश सिँहले १० रन बाहेक अरू कुनै खेलाडीहरू दोहोरो अङ्क पार गर्न सकेन ।
यता बलिंग तर्फ बलान बिहुलका भुवन कार्की र अरनिको प्रसाद यादबले उत्कृष्ट बलिंग गर्दै समान्य ४/४ बिकेट हात पारेका थिए। भने राशिद खान र बिवेक यादबले १/१ बिकेट लिएका थिए ।
जवाफमा बलान बिहुलले ७ ओभर ३ बलमा ४ बिकेट गुमाएर बिजयी हासिल गरेका थिए । जसमा ईमरान शेखले अविजित ३२ रन यसैगरी लोकेश बमले १२ रन बनाएका थिए भने बिकास दासले ७ रन बनाउदै अविजित खेलेका थिए ।
बलिंग तर्फ काठमान्डौका नरेन साउदले ३ बिकेट लिएका थिए । खेलको प्लेयर अफ दि म्याच भुवन कार्की घोषित भएका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |