राजबिराज । राजबिराजमा संचालित मधेश प्रिमियर लिग (एमपीएल) क्रिकेट तेस्रो संस्करण प्रतियोगिताको उपाधि मिथिला वारिर्यसले जितेको छ ।
बिहीवार पविमाबि खेलमैदानमा मिथिला वारियर्स र बलानबिहुल बिच भएको फाइनल खेलमा मिथिला वारियर्सले बलान बिहुललाई ५ बिकेटले पराजित गर्दै मिथिला उपाधि माथि कब्जा जमाएको हो ।
मधेश प्रदेश सरकारको सहयोगमा संचालित प्रतियोगिताको फाइनल खेलमा टस जितेर बलान बिहुलले १९ ओभर ३ बलमा सबै बिकेट गुमाएर १ सय ५३ रनको योगफल खडा गरेका थिए ।
जसमा राष्ट्रिय खेलाडी बिवेक यादबले २ चौका र ४ छक्काको मदतले सर्वाधिक ४५ रन, लोकेश बमले ४१ रन, सुजन थपलियाले २८ रन, फिर्दोष अन्सारी १५ रन बनाएका थिए ।
बलिंग तर्फ मिथिला वारियर्सका वसन्त खत्री ३ बिकेट तथा शेर मल्ल र कुशल भुर्तेल समान २/२ बिकेट र नन्दन यादबले १ बिकेट हात पारेका थिए ।
जवाफमा १ सय ५४ रनको लक्ष्य लिई मैदानमा ओर्लेका मिथिला वारियर्सले १८ ओभर ३ बलमा ५ बिकेट गुमाएर जित हात पार्दै उपाधि जितेका छन । जसमा राष्ट्रिय खेलाडी कुशल भुर्तेलको उत्कृष्ट ब्याटिङ गर्दै सर्वाधिक ५८ रन बनाएपछि टिम जित नजिक पुगेको थियो ।
यसैगरी अर्का ब्याटर रबि साह ४४ रन बसिर अहमद २५ रन बनाएका थिए । बलिंग तर्फ बिवेक यादब र अरनिको यादब ले समान २/२ बिकेट लिएका थिए । फाइनल प्लेयर अफ दि म्याच कुशल भुर्तेल घोषित भएको छ ।
प्रतियोगिताको प्लेयर अफ दि सिरिज जनकपुर सनराईजसका विशाल पटेल र वेस्ट ब्याटसम्यानको रुपमा आशिफ शेख घोषित भएको छ, भने वेस्ट बलरको रुपमा मिथिला वारियर्स शेर मल्ल घोषित भएको आयोजकले जानकारी दिए ।
उक्त अवसरमा मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिश कुमार सिँह, बलानबिहुल गाउपालिका अध्यक्ष खेमचन्द्र यादब, छिन्मस्ता गाउपालिका अध्यक्ष बिदियान्नद चौधरी, मिथिला प्रिमियर लिगका अध्यक्ष ई संजिव नारायण यादब, नेपाल क्रिकेट सँघका केन्द्रीय सदस्य आयुष श्रेष्ठ लगायतले शिल्ड, कप, प्रमाणपत्र तथा बिजेतालाई ९ लाख १ हजार उपविजेतालाई ४ लाख १ हजार पुरस्कारवाट सम्मान गरेको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |